December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोटर स्पोर्टस क्लबको आयोजना तथा नेपाल अटो मोबाइल एसोसिएसनको सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । आयोजकले राजधानीमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो संस्करणको भक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियन सिप यही पुस १५ गते हुने जानकारी गराएको हो । च्याम्पियनसिप काभ्रेको धुलिखेलस्थित […]
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा रहेका ओलम्पियनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज चन्द्रागिरी हिल्सको अवलोकन गराएको छ । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था गर्ने बताएका छन् । विष्टले राखेपले पहिलो पटक नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको र बाँकी […]
December 13, 2017
काठमाण्डौं (हाम्रो खेलकुद) – शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । च्याम्पियनसिपबाट ३ स्पर्धाका विजेता शुक्र ,प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ […]
December 12, 2017
काठमाण्डौं (हाम्रो खेलकुद) – फराकिलो अग्रता लिदै शुक्रबहादुर राई र प्रतिमा शर्पाले सिएमएस छैटौं सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जित्ने सम्भावना मजबुद पारेका छन् । साविक विजेता समेत समेत रहेका शुक्रले यू २१ तर्फ मंगलबार ३ ओभर ७५ अंक जोड्दा समग्रमा ७ ओभर १ सय ५१ अंकका साथ शीर्षस्थानमा यथावत रहेका हुन् । अन्तिम […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाई एयरवेजले नेपालमा उडान भरेको ५० औं वर्षको अवसरमा शनिबार एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुने जानकारी गराएको हो । थाई एयरवेजले करिब ३० वर्षपछि फेरि गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । यसवर्षदेखि हरेक […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया जाने भएको छ । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् । राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपका स्वर्ण […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज र गोकर्ण फरेष्ट रिसोर्टको संयुक्त आयोजनामा दोस्रो संस्करणको कतार एयरवेज खुल्ला गल्फ प्रतियोगिता यही शुक्रबार र शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दुइदिने एमेच्योर गल्फ प्रतियोगिता पुस २२ र २३ गते गर्न लागेको जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । १८ होलमा स्टेबल […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ । डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । टिम व्यस्थापकमा […]
December 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका मीरा राईले हङकङमा भएको एमएसआइजी लान्ताउ ५० एसियन स्काइ रनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन् । आइतबार हङकङमा भएको स्काइ रनिङ च्याम्पियनसिपमा नेपाली अल्ट्रा धाविका मीरा राईले निर्धारित ५० किलोमिटर दुरी ६ घण्टा ५० मिनेट ३४ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । मीराले दोस्रो स्थानमा आएकी जापानी […]
December 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सरोज सेवा र मनिष डंगोल च्याम्प अफ च्याम्पियन्स (सीओसी) को फाइनलमा प्रवेश गरेका छन् । राजधानीको महाराजगञ्जस्थित जिमखानामा शनिबार भएको सेमिफाइनलमा ओखलढुङ्गाको सरोज सेवाले अर्घाखाचीको यादव थापालाई नकआउटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएका हुन् । अर्काे सेमिफाइनल मनिस डंगोल (कालोपुल) ले सुरेन्द्र कार्की (रौतहट)लाई अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान […]