default_image

अन्य

February 26, 2018

एन्फा पूर्व अध्यक्ष थापाको खेलकुदमा सक्रिय हुने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् । थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको […]

February 26, 2018

सुर्जन कायाक स्लालोम च्याम्पियन

फिस्लिङ (हाम्रो खेलकुद) – सुर्जन तामाङले छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि जितेका छन् । पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा जारी प्रतियोगिताको फाइनलमा नेपाल कायाक क्लबका सुर्जनले २४.४१ अंक हासिल गर्दै उपाधि जिते । कायाक क्लबकै सुमन थापा २४.६९ अंकका साथ दोस्रो तथा चितवन टिम फिस्लिङका विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए । […]

February 26, 2018

प्रतिमा र शुक्र भियतनाम प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – १२ औैं संस्करणको फाल्डो सिरिज एसिया ग्राण्ड फिनालेमा भाग लिन शुक्र बहादुर राई र प्रतिमा शेर्पा भियतनाम प्रस्थान गरेका छन् । मार्च १ देखि ३ सम्म भियतनामको दा नाङमा ग्राण्ड फिनाले हुँदैछ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले शुक्र र प्रतिमालाई रोयल नेपाल गल्फ क्लवमा विदाइ गरे । यी दुई […]

February 26, 2018

एनएसटी एनभिए भलिबलमा पुलिसको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दाहोरो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा जारी प्रतियोगितामा सोमबार पुरुषतर्फ नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ लाई सहजै हराएको पुलिसले महिलातर्फ जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेट हरायो । पुरुषतर्फको […]

February 24, 2018

पिंकाथन काठमाडौं – कान्छिमायालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि रक्षा गरेकी छिन् । शनिबार कान्छिले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन् । नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु […]

February 23, 2018

देवदहलाई अन्तर जेसिज फुटसल उपाधि

बुटवल (हाम्रो खेलकुद) – देवदह जेसिजले अन्तर जेसिज फुटसल उपाधि जितेको छ । बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा शुक्रबार सुनवल जेसीजलाई टाइब्रेकरमा २–१ हराउँदै देवदले उपाधि जितेको हो ।   निर्धारित समयमा ४–४ गोलको बराबरी पछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । कपिलवस्तु जेसिजलाई हराउँदै तिलोत्तमा जेसिज तेस्रो भयो । ४–४ बराबरीपछि टाइब्रेकरमा तिलोत्तमा […]

February 23, 2018

कीर्तिपुरको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी ‘होम एण्ड अवे’ क्वीक्स बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहिबार घरेलु मैदानमा भएको खेलमा कीर्तिपुरले जेभियर इन्टरनेसनल कलेजलाई ६४–५७ को अन्तरले पराजत गर्दै लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको हो । पहिलो क्वार्टर १७–११ ले आफ्नो पक्षमा पारेको घरेलु टोली कीर्तिपुरले दोस्रो क्वार्टर […]

February 23, 2018

आर्मी र पश्चिमाञ्चल प्रधान सेनापती भलिबल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा पश्चिमाञ्चलले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल शनिबार हुनेछ । त्यसअघि तेस्रो स्थानका […]

February 22, 2018

अन्तरविद्यालय करातेमा एलएकी श्रीयालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् । गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा […]

February 22, 2018

प्रधान सेनापति भलिबलमा आर्मी र पश्चिमाञ्चल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै पश्चिमाञ्चल विकास क्षेत्र तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूह विजेता बन्यो । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ […]

Success

Thank you for your time.