January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमा नै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ । प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ), नेपालका लागि हुवाईका आधिकारिक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले […]
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘समानताका लागी बुलन्द आवाज’ भन्ने नाराका साथ चैतमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार आरोहण २०१८ टालीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । बाालुवाटार स्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटघाटमा प्रधान मन्त्री देउवाले उक्त टोलीको अभियानका लागी आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग […]
January 6, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न भएको आज भएको फाइनलमा घरेलु समर्थकको साथ पाएको पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई २९–२५ ले हरायो । पुरुषतर्फको प्रतियोगिता १८ औं राष्ट्रिय प्रतियोगिता समेत रहेको थियो । दर्शकहरुको उल्लेखनिय सहभागिता माझ शनिबार पोखरा […]
January 5, 2018
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका दुवै टोली (महिला र पुरुष) पोखरामा जारी राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । महिलातर्फ अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्ने आर्मीले पुरुषतर्फको उपाधिका लागि पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको ९ औं राष्ट्रिय ह्याण्डबलको सेमिफाइनलमा एपिएफले पूर्वाञ्चललाई ३२–५ ले हराएको थियो । एपिएफका लागि उमा […]
January 4, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनअन्तर्गत राष्ट्रिय ह्यान्डबल अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । पोखरा रंगशालामा जारी पुरुष १८ औं राष्ट्रिय प्रतियोगिता समेत रहेको ह्यान्डबलमा शुक्रबार सेमिफाइनलमा दुई विभागिय टोली आर्मी र एपिएफ तथा पश्चिमाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । नवौं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा […]
January 3, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को दोहोरो अस्तित्व यथावत कायम रहने देखिएको छ । सर्वोच्च अदालतले पछिल्लो पटक जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले दायर गरेको मुद्दा मंगलबार खारेज गरेपछि दोहोरो अस्थित्व यथावत रहने भएको हो । महानगरिय प्रहरी परिसर जावलाखेल लगायत १२ जनालाई विपक्षी […]
January 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ । ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ […]
December 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सुरेन्द्र प्रधानले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिपको जितेका छन् । नेपाल मोटर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल अटोमोबाईल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा शनिबार आयोजना गरेको प्रतियोगितामा सुरेन्द्र उपाधि जित्न सफल भएका हुन् । काभ्रेको धुलिखेल नगरपालिकाले तयार पारेको हिमालयन मोटर ल्यान्डमा भएको प्रतिस्पर्धामा विदुर […]
December 30, 2017
पोखरा (हाम्रो खेलकुद)– राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा च्याम्पियनसिपमा विभागिय टोलीले उपाधि जितेका छन् । आज भएको फाइनलमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका हुन् । ३१ औं राष्ट्रिय पुरुष भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । अर्कोतिर २१ औं राष्ट्रिय महिला […]