default_image

अन्य

April 1, 2018

रुकेशले जुनियर ग्रान्ड पिक्समा खेल्ने

ललितपुर (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन यू १९ का शीर्ष वरियताका रुकेश महर्जनले इन्डोनेसियामा हुने पम्बाङगुना जयाराया जुनियर ग्रान्ड पिक्समा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै वर्ष अर्जेन्टिनामा आयोजना हुने युथ ओलम्पिकमा छनोट हुने सम्भावना बढोस् भन्नेका लागि वरियताका शीर्षस्थानमा रहेका रुकेशलाई ग्रान्ड पिक्समा सहभागी गराउन लगाएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । […]

March 31, 2018

गोल्डेन गेटलाई क्वीक्स बास्केटबल लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– गोल्डेनगेट कलेजले ‘होम एण्ड अवे’ को आधारमा पहिलोपटक भएको क्वीक्स बास्केटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिपर्धात्मक फाइनल खेलमा विभागीय टोली आर्मीलाई ९७–९६ को झिनो अन्तरमा पराजित गर्दै गोल्डेनगेटले उपाधि जितेको हो ।   खेल सकिन एक सेकेण्ड बाकी रहँदा मनिषराज राजोपाध्यायले महत्वपूर्ण […]

March 31, 2018

गजेन्द्र र धिरज राष्ट्रिय स्केटबोर्ड च्यम्पियन

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् । पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष […]

March 31, 2018

बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी सुरु

पोखरा (हाम्रो खेलकुद) – बुल्समेन क्लब पोखराले आयोजना गर्ने तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । शनिबार पोखरामा एक कार्यक्रममा क्लबका अध्यक्ष नुना गुरुङले तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले प्रतियोगिता अर्को वर्ष भदौ १६ गते आयोजना गरिने बताए । भविष्यका कर्णधार युवालाई शारिरिक रुपमा जोशिलो बनाउँदै […]

March 30, 2018

चौथो मिस्टर फिटनेस फस्र्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –चौथो अन्तरक्लब मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । सतुङ्गल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण भइरहेको आयोजक फिटनेस फस्र्टका बुद्धिजंग कार्कीले शुक्रकार आयोजित सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६०, ७०, ७० केजी माथी तौल समूह तथा स्पोर्टस […]

March 30, 2018

सरस्वती,रेश्मा र कामनालाई प्रतिष्ठानको छात्रबृति

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले यो वर्ष पनि तीन जना महिला भलिबल खेलाडीलाई एक वर्षको लागि छात्रबृति प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छात्रबृति प्रदान गरिएको हो । छात्रबृति पाउनेमा नेपाल एपिएफकी रेश्मा भण्डारी, सरस्वती चौधरी र नेपाल पुलिस क्लबकी कामना विष्ट […]

March 30, 2018

पोखरामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ । शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड […]

March 30, 2018

आर्मी ‘बी’ हाईअल्टिच्युड ट्राई एड्भेन्चर च्याम्पियन

जोमसोम (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले प्रथम सिओएएस हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता(२०७४ को उपाधि जितेको छ । दीपक सिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरेपछि आर्मी ‘बी’ च्याम्पियन बनेको हो । ‘बी’ले आफ्नै क्लबका मान बहादुर थापा र बसन्त थापा सम्मिलत ‘ए’ […]

March 29, 2018

सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद)– खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता बैशाखमा हुने भएको छ । आयोजक नेपाल क्लाइम्विङ स्पोर्टस् संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुमन भोम्जन मेमोरियल स्पोर्टस् रक क्लाइम्विङ प्रतियोगिता राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको प्रतिष्ठा दिवस एवं रजत जयन्तीको अवसर पारेर वैशाख १९ गते आयोजना गर्न लागिएको […]

March 29, 2018

दक्षिण एसियाली क्रस कन्ट्रीमा नेपाललाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा एक रजत र एक कास्य पदक जित्दै नेपाली खेलाडी बिहीबार स्वादेश फर्केका छन् । मंगलबार थिम्पुमा भएको च्याम्पियनसिपमा विश्वरुपमा बुढाले ८ किलो मिटरमा रजत पदक जितेकी छिन् । त्यस्तै विश्वरुपासहित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको टोलीले टिम इभेन्टको ८ किलो मिटरमै कास्य पदक […]

Success

Thank you for your time.