April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् । घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हराउदै पहिलो जित दर्ता गरेको हो । नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको थियो । […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन नेपाललाई एक स्वर्ण दिलाएका छन् । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपको दोस्रो दिन इन्द्रले पाकिस्तानका बाबार हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद शुरुबाटै आक्रमक खेल खेलेका इन्द्रले […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]
April 22, 2018
पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १८ औ एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना रहेको बताएका छन् । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीलाई शुमकामना दिने क्रममा मन्त्रीले विश्वास व्यक्त गरेका हुन् । एसियाली खेलकुदमा पहिलो पटक समावेश प्याराग्लाइडिङमा नेपालले […]
April 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको खेलहरु आजबाट शुरु हुदैछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ । खेल ढाका बंगबन्धुस्थित कवर्डहलमा ३: ४५ बजेपछि हुनेछ । च्याम्पियनसिपमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्दै सुखद शुरुवात गर्ने अभियानमा हुनेछ […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) –१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली शनिबार उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्दैछ । अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १/१ पुरुष/महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुपमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी […]
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको सहभागी संख्याको अझै टुंगो लागि नसकेपनि एउटा चिनियाँ कम्पनीले नेपाली खेलाडी र अफिसियलका लागि खेल पोसाक प्रायोजन गरेको छ । इन्डोनेसियाको जाकार्तामा सेप्टेम्बरमा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । स्पोर्टस वेयरको विक्रेता रहेको चिनियाँ कम्पनीले एजिलिटी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको […]
April 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश […]
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटी (२४२४) रेटेडले काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । हर्षले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि जितेका हुन् । हर्षले ६ खेलमा जित निकालेका थिए भने ३ खेलमा बराबरी खेलेका थिए । […]