March 21, 2018
पोखरा (हाम्रो खेलकुद)– सरकार परिवर्तनसँगै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको चर्चा पनि चल्ने गरेको छ । त्यसैको निरन्तरताका रुपमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि पोखरामा अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रगंशाला निर्माण गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले पोखरामा आयोजना मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई […]
March 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपालले अर्को महिनाबाट विशेष तयारी सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बैशाखबाट विशेष प्रशिक्षण सुरु हुने जानकारी दिए । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबार सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोट्र्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटनका क्रममा […]
March 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री नियुक्त भएको छन् । प्रधानमन्त्री कपी ओलीले शुक्रबार मन्त्रीपरिष्द विस्तार गर्दा विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद विश्वकर्मा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूर सदस्य हुन् । साविक घार्मी गाविस (हाल लेखानाथ पोखरा उप महानगरपालिका) का उपाध्यक्ष […]
March 16, 2018
पोखरा २ (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री राम शरण बस्नेतलाई प्रदेशको खेल पयर्टनलाई विकास गर्न सुझाव प्रस्तुत गरेको छ । मञ्च र नेपाल पयर्टन बोर्ड पोखराको संयुक्त आयोजनामा फागुन २३ गते भएको प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक अन्तरक्रिया […]
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कौशलटारको जनप्रेमी माविले चौथो उपत्यकाव्यापी छात्र तथा छात्रा एजे कप भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फको उपाधि जितेको छ । छात्रतर्फको उपाधि ग्यासियर स्कुल काठमाडौंले जितेको छ । छात्रातर्फको फाइनलमा जनप्रेमीले आदर्श ज्योति स्कुललाई ३–० ले हराएको थियो । बुधबार नै भएको छात्रतर्फको फाइनलमा ग्यासियरले आदर्श ज्योति माविलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जित्यो […]
March 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागिय टोली नेपाल एपिफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक खुुल्ला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी भएका छन् । एपिएफको मुख्यालय हल्चोकमा भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । यसैगरी एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लव काठमाडौंलाई […]
March 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबकी द्धय खेलाडी नङ्सल देवी तामाङ र रशिला महर्जन राजधानीमा जारी १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा पुगेका छन् । हल्चोकस्थित एपिएफको मुख्यालयमा भएको सेमिफाइनलको नङ्सलले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् । रशिलाले […]
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – झापाका सुरेन्द्र राई र नक्सालकी कुसुम तामाङ एएसबिसी युथ एशियन कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् । सोमबार सुरेन्द्रले मकवानपुरका सन्दिप खतिवडालाई अंकका आधारमा पराजित गदै बैंककको टिकट काटेका हुन् । पुरुष ५६ केजी तौल समूहको अन्तिम छनोट खेलमा पाँचै जना निर्णायकले राईको पक्षमा निर्णय दिए पछि सन्दिप ५–० ले […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– गोदावरी नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नगरभित्रका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तर सफलता प्राप्त गरेका खेलाडीलाई आइतबार सम्मान गरेको छ । करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन र अमृता शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा तथा उसुका निकेश श्रेष्ठलाई राष्ट्रिय स्तरको सफलता प्राप्त गरेकोमा नगरपालिकाको प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । दीपक, गंगाराम र अमृतालाई […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– केआईएफ कुरोदय मार्सल आट्र्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आट्र्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार राजधानीमा सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले बताएका छन् । सहभागीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए । ४५ दिने […]