May 23, 2018
पोखरा (काठमाडौं)– कराते नेपाली खेलकुदको सफल खेल मध्येको एक । एसियाली खेलकुद (एसियाड) मा पनि नेपाललाई पदक दिलाउने खेलमा कराते पर्दछ । पछिल्लो पटक दक्षिण कोरियाको इन्चोन एसियाड (सन् २०१४) मा पनि नेपाललाई पदक दिलाउने एक्लो खेल कराते नै थियो । यद्दपी त्यति बेला सहभागिताका हिसाबले सबैभन्दा विवादित खेल त्यहि रह्यो । एउटै तौल समूह […]
May 22, 2018
भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर कौशलटारको जनप्रेमी इङ्लिस सेकेन्डरी स्कुले राष्ट्रिय भलिबल दिवसको अवसरमा मंगलबार जनप्रेमी ग्रासरुट भलिबल एकेडेमीको सुरुवात गरेको छ । राष्ट्रिय खेल भलिबललाई विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एकेडेमीका पूर्व मन्त्री एंवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले उद्घाटन गरेका थिए । साथै स्कुलले एकेडेमी सञ्चालनसँगै खेलाडीका लागि छात्रवृत्ति समेत […]
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन महिनापछि आयोजना हुने जाकार्ता एसियाडका लागि लन टेनिसको छनोट प्रतियोगिता गर्न खेलाडीका अभिभावकले माग गरेका छन् । लन टेनिस खेलाडी प्रेरणा कोइरालाका बुवा तथा नेपाल टेनिस संघका केन्द्रिय सदस्य पुरुषोत्तम कोइरालाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसियाडका लागि खेलाडी छनोट प्रतियोगिता गर्न माग गरेका हुन् । ‘हाम्रो कुनै पनि ठुलो […]
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जेठ २० गते हुने जानकारी गराएको हो । म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक […]
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य सोसिएल स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं लायन्स क्लबको कर्पोरेट नेपालले आयोजना गरेको लायन्स कर्पोरेट सोसिएल अवार्डका दौरान द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख समेत रहेका आचार्यलाई सम्मान गरिएको हो । आयोजक काठमाडौं लायन्स क्लब कर्पोरेट नेपाल च्याप्टरका अध्यक्ष किशोर भट्टराईका अनुसार […]
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्यान्सर रोगको उपचार गराईरहेका बक्सिङका पूर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जु जंग थापालाई बेलायतमा रहेका बक्सिङका पूर्व खेलाडीले आर्थिक सहयोग गरेका छन् । बेलायतमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीले क्यान्सर पिडित रेफ्री थापालाई १ लाख ३ हजार ४ सय रुपैया आर्थिक सहयोग गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमार्फत उक्त आर्थिक […]
May 19, 2018
काठमाडौं (हाम्रो खेलदकुद)- थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमण्ड एकेडेमी प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गुेका छन् । नैकापस्थित न्यु डायमण्ड एकेडेमीको मैदानमा शनिबार भएको खेलमा थ्री स्टारले सेन्ट डेविजमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको दुवै […]
May 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर रनर हाफ म्याराथनको च्याम्पियन बनेका छन् । शनिबार भएको आठौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरिले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ९ मिनेट २ सेकेन्डमा पूरा गरे । महिलातर्फ कान्छीमायाले १ घन्टा २१ मिनेट २८ सेकेन्डको समय निकालिन् । […]
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबल भएको एक वर्ष पुगेको अवसरमा भलिबल दिवस मनाउन नैकापस्थित न्यु डायमण्ड एकेडेमीमा प्रथम चन्द्रागिरी उप मेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ५ […]
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ […]