May 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षअघि इन्चोन एसियाली खेलकुदमा करातेका दुई जना खेलाडी सबै भन्दा निराश भएर स्वदेश फर्केका थिए । कारण थियो स्वदेशबाट एसियाड खेल्ने उत्साहका त्यहाँ पुगेका उनीहरु दर्शक दिर्घामा सिमित भएर फर्केका थिए । यद्दपी आफुनो पीडालाई भुलाउने प्रयास गर्दै उनीहरुले बाँकी साथीको हौसला बढाउन भने कुनै कसर बाँकी राखेनन् । ती […]
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)-काठमाडौं नक्साल बक्सिङ क्लबका मनिष डंगोल पहिलो सिजनको च्याम्प अफ च्याम्पियन्स (सीओसी) व्यवसायिक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेका छन् । बैशाख २३ गतेको लागि फाइनल तोकिएपनि फाइनलका अर्का प्रत्यासी ओखलढुंगाका सरोज नेवा फाइनल अघि नै वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया प्रस्थान गरेपछि आयोजक नेपाल प्रोफेसनल बक्सिङ कमिसनले फाइनलमा प्रवेश गरेका मनिष डंगोललाई सोमबार च्याम्प […]
April 30, 2018
दिपक न्यौपाने बुटवल – यदु ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही आइटिएफ तेक्वान्दो सघं तदर्थ समिति गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा दानबहादुर थापा,सुरेन्द्र श्रेष्ठ,सचिवमा कपिल ज्ञवाली,कोषाध्यक्षमा नवराज खरेललाई चयन गर्यो । सदस्यमा दिपक न्यौपाने,प्रकाश खनाल,हेमबहादुर थापा,कृष्ण गौतम रहनुभएको छन् । भेलाले नवराज खरेललाई टेक्निकल प्रमुख, दिपक न्यौपानेलाई प्रेस सल्लाहकार तथा हेमबहादुर थापा […]
April 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली पदक विजेता विमला तामाङमाले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । न्यूयोर्कमा भएको २३ औं हिराल्डो बार्षिक सातोकान सोबुकान अन्तर्राष्ट्रिय कराते कप प्रतियोगिताको महिला एकल कातामा विमलाले पहिलो स्थान प्राप्त गरेकी हुन् । एल्मकोर सेन्टरमा भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य, नेपाली, इक्वेडर र मेक्सिकन खेलाडी गरि ३ सय बढीको सहभागिता रहेको […]
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि जापानमा टोकियो ओलिम्पक हुदैछ । ओलम्पिक आउन २ वर्ष भन्दा बढी समय बाँकी रहँदा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन जुडो खेलाडी फूपूल्हामू खत्रीले ओलम्पिक अघिसम्म जापान मै प्रशिक्षण मौका पाएकी छिन् । ओलम्पिक सोलिडारिटी कोर्ष अन्र्तगत फुपूले उक्त प्रशिक्षणको मौका पाएकी हुन् । नेपाल […]
April 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ध्रुबराज न्यौपानेको अध्यक्षतामा नेपाल कुराँश संघको १८ सदस्यीय केन्द्रिय समिति निर्वारोध चयन भएके छ । शनिबार भएको साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामालाई चयन गर्यो । सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, […]
April 28, 2018
पोखरा (हाम्रो खेलकुद) – भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौ दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साइक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । भारतका विश्वरजित साइखाम ५९ मिनेट ५७ सेकेन्डका […]
April 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै ह्याण्डबल खेलको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले ह्याण्डबलको पूर्वाधार निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल र कर्मचारीलाई निर्देशन दिंदै यथासिघ्र टेण्डर आह्वान गर्न भनेका छन् । १३ औ […]
April 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं लिमिटेडले बक्सर मनोहर बस्नेत (म्याक्स) लाई १ वर्षको लागि प्रायोजन गरेको छ । आइएमई जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिताको जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा म्याक्सलाई प्रायोजन गर्न लागिएको जानकारी गरायो । आइएमईं लिमिटेडका रिलेसनसिप मेनेजर राजु पौडेलले म्याक्सलाई प्रायोजन पत्र हस्तान्तरण गरेका थिए । सन् २००० देखि […]
April 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइएमईं जेटिआई ग्रान्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । आइएमईं फाउन्डेसनको आयोजना तथा नेपाल लन टेनिस एसोसिएसनको सहयोग र जुनियर टेनिस इनिसिएसन (जेटिआईं) को संयोजनमा जुनियर टेनिस प्रतियोगिता जेठ ६ गतेबाट १२ गते सम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता काठमाडौंस्थित […]