default_image

अन्य

August 1, 2018

नेपालले एसिया रग्वी सेभेन्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी टिमले एसिया रग्वी सेभेन्स् ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको छ । सिंगपुरमा यही अगस्ट ४ र ५ तारिखमा हुने एसिया रग्वी सेभेन्स् ट्रफीका लागि नेपाली टोली बिहिबार प्रतियोगिता स्थल सिंगापुर प्रस्थान गर्ने नेपाल रग्वी संघका अध्यक्ष टंकला घिसिङले जानकारी गराए । १२ खेलाडी सहित १५ सदस्यीय टोलीलाई बुधबारै संघले एक […]

August 1, 2018

एसियाड भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

 काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष/महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा […]

July 30, 2018

युएईमा खुल्ला पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए । बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले […]

July 30, 2018

बास्केटबल टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा […]

July 30, 2018

उसु टोली मकाउ जाने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

July 30, 2018

अन्तर स्कुल छात्रा फुटसलमा १२ टोली

काठमाडौंं (हाम्रो खेलकुद) – ब्राइट फ्युचर माध्यमिक विद्यालयको आयोजनामा ‘प्रथम ब्राइट उपत्यकाव्यापी अन्तर स्कुल छात्रा फुटसल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंगलबार र बुधबार दुई दिन ढुङ्गेअड्डास्थित आदर्श फुटसलमा हुनेछ । प्रतियोगितामा विभिन्न ९ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सहभागी […]

July 30, 2018

एसियाडका लागि गल्फ टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली गल्फ टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेका छन् । चार खेलाडी र नेपाल गल्फ संघका अध्यक्ष टासी घले सोमबार थाइल्यान्ड प्रस्थान गरेका हुन् । प्रशिक्षक दीपक आचार्य भने १० दिनपछि थाइल्यान्ड जानेछन् । नेपालले थाइल्यान्डमा थाइल्यान्डका प्रशिक्षक यिमसँग स्प्रिङ फिल्ड गल्फ कोर्षमा करिव […]

July 29, 2018

राजवंशी र सिलवाललाई खेलकुद पत्रकारिता सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी र नेपाल टेलिभिजनका राजु सिलावलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पत्रकारिता […]

July 29, 2018

अब ओलम्पियनले आजीवन मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनलाई आजीवन भत्ता उपलब्ध गराउने जनाउँदै साउनको भत्ता आइतबार वितरण गरेको छ । ८० ओलम्पियनलाई जनही मासिक ३ हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ को टोकियोमा भएको ओलम्पिकमा पहिलो पटक भाग लिएको […]

July 29, 2018

अस्ट्रेलियामा अभिनव र सितुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)-अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् । क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले […]

Success

Thank you for your time.