July 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४ पुरुष/महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला […]
July 23, 2018
काठमाडौं(एजेन्सी)–आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडीका लागि विभिन्न खेल सामाग्री प्रदान गरेको छ । आदर्श समाज बिकास केन्द्रले भारतमा हुने चौथो कराँते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न खेल सामग्री उपलब्ध गराइएको हो । केन्द्रले सशस्त्र प्रहरी कार्यालय हलचोमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिम्खडा र सचिव प्रविण कुलङ राईले संयुक्त […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुट फुटसल एकेडेमी (जिएफए) को टोलीले मैत्रीपूर्ण खेल र अभ्यासका लागि भुटान यात्रा गर्ने भएको छ । जिएफएको टोलीले भुटानको यू १५ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ । टोलीले त्यहाँ केहि दिनको अभ्यास गर्ने भएको छ । प्रशिक्षक हरि तामाङको नृतत्वमा रहेको २६ सदस्यीय टोलीका खेलाडीमा श्रीभन्स मानन्धर, सौगात श्रेष्ठ, संगीत […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– ह्याम्स हस्पिटलले विभिन्न खेलका सात खेलाडीलाई शनिबार सम्मानित गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई उचो राख्ने काम गरेका विभिन्न खेलका सात खेलाडीलाई हस्पिटलले उपहारसहित सम्मानित गरेको हो । मण्डिखाटारस्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान […]
July 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरिक्षणसमेत गरेका छन् । नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए । प्रतिनिधि टोलीले दशरथ रंगशालाको […]
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ‘उदास थियो यो मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो निम्बसको सहकार्यमा तयार भएको बताइएको छ । सन्दीपले क्रिकेटकै कारण आफ्नो अर्को सपना पनि पुरा भएको बताएका छन् । ‘मेरो लागि क्रिकेट सैध पहिलो प्राथमिकता हो । म क्रिकेट […]
July 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली महिला भलिबलकी चर्चित तथा मुख्य खेलाडी प्रतिभा माली सेञ्चुरी बैंक लिमिटेडको ब्राण्ड एम्बासडर बनेका छन्। नेपाली बैंकहरुको कान्छो सेञ्चुरी बैंक लिमिटेडले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारस र प्रतिभालाई एक वर्षका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । उनीहरुलाई कति रकममा […]
July 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना आयोजना हुने १८औं एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पुरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले एटियु कोर्स पूरा गरेका हुन् । मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, ओपम्पियनद्वय संगिना वैद्य […]
July 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरको सैनिक आवासिय महाविद्यालयले विश्वकप फुटबल लक्षित दोस्रो एन. के. सिंह अन्तर विद्यालयस्तरीय हाजिर जवाफ प्रतियोगिता जितेको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्ययालयको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा सोमबार सम्पन्न प्रतियोगितामा निर्भाना एकेडेमी दोस्रो, जेम्स स्कुल तेस्रो, युनाइटेड स्कुल चौथो र भानुभक्त मेमोरियल मावि पाँचौं भएको […]
July 16, 2018
लन्डन (एजेन्सी) –सर्बियन टेनिस स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले विम्वल्डन टेनिसको उपाधि जित्न सफल भएका हुन् । १२ औं वरियताका जोकोभिचले आठौं वरियताका एण्डरसनलाई ६–२, ६–२ र ७–६ ले पराजित गर्दै चौथोपटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका […]