default_image

अन्य

December 10, 2018

ब्याडमिन्टन टोली बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ‘योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८’ मा भाग लिन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतत्वमा ४ जना त्यसतर्फ गएका हुन् । टोलीमा खेलाडी नङ्सलदेवी तामाङ, रत्नजित तामाङ र दीपेश धामी रहेका छन् । अध्ययनका लागि भारतमा रहेकी अमिता गिरी त्यहिबाट […]

December 10, 2018

खेलकुद मन्त्री सुनारलाई अम्बेडकर अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले डा.अम्वेडकर अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य अकादमीले मन्त्री विश्वकर्मालाई भारतको राजधानी नयाँ दिल्लिमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । पुरस्कार दलित आन्दोलनका विश्वनेता तथा […]

December 8, 2018

ब्याडमिन्टनमा कुनलाभत र चनानचिडा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डका कुनलाभत भिटिडसर्न र चनानचिडा जुचारोयन योनेक्स सनराइज नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेका छन् । कुनलाभत पुरुष एकलमा र चनानचिडा महिला एकलमा च्याम्पियन बनेकी हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा शनिबार भएको पुरुष एकलको फाइनलमा कुनलाभतले मलेसियाका टिक झि सुलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निकै […]

December 8, 2018

मोर्डन इन्डियन क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– मोर्डन इन्डियन स्कुल (एमआईएस) २३औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय छात्र फुटबलमा प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरीस्थित सेन्ट जेभियरको खेल मैदानमा शनिबार भएको खेलमा एमआईएसले गोदावरी रेसिडेन्सियललाई ४–० ले पराजित गर्दै अन्तिम आठमा पुग्यो । एमआइएसका सबल महर्जनले २ तथा बेदराज ढुंगाना र जेनिश दवाडीले समान १ गोल गरे । […]

December 7, 2018

आइएफबीबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिपको प्रो.छनोट नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगको सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टरले नेपालमा सन् २०१९ को फेब्रुअरीमा आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको प्रो छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । शारीरिक सुगठनका पूर्व स्टार, हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध रहेको अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल […]

December 7, 2018

गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघमा

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि राजधानीमा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता माघ २२ गते देखि २६ गते सम्म बसन्तपुर डबलीमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (नेपाल प्रहरी, […]

December 6, 2018

ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बिहिबार भएको खेलमा नेपाली खेलाडी पुरुष एकल, मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्समा पराजित भएसँगै सिरिजमा नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलको क्वाटरफाइनलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ भारतका […]

December 6, 2018

सेन्ट जेभियर्स र लिटिल एन्जल्स क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– लिटिल एन्जल्स स्कुल हात्तिवन र आयोजक सेन्ट जेभियर्स गोदावरी २३ औं फादर मोरन स्मृति आमन्त्रण फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिटिए एन्जल्स र सेन्ट जेभियर्स बिहीबारको खेल जित्दै आ आफ्नो समूहको विजेता बने । लिटिल एन्जल्सले नेपाल डनबस्को स्कुल लुभुलाई २–१ ले हरायो । विजयी टोलीका लागि सुरज तामाङ र सोनाम […]

December 5, 2018

रत्नजित इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।   रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित […]

December 4, 2018

रत्नजित र दिपेश दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामी राजधानीमा आजबाट शुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो चरणमा प्रवेश गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा मंगलबार नेपाली शीर्ष वरीयताका रत्नजित तामाङले भारतका धुरव कुमारलाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । […]

Success

Thank you for your time.