October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन महिलातर्फको खेलमा ५ स्वर्ण जित्न सफल भएको छ । ललितपुरमा बुधबार भएको स्ट्रङगेष्ट महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भइन् । पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियरतर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल […]
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथन प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ । आयोजक हिमालय स्पोर्ट्स क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हेलम्बु ट्रेल म्याराथन कार्तिक ६ गते हुने जनाकारी गराएको हो । प्रदेश नम्वर ३ को सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा हुने म्याराथनमा तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा फुल म्याराथन, […]
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र पुनम रावल अर्को महिना भारतमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगिताका लागि छनोट भएकी छन् । विश्व महिला बक्सिङ च्याम्पियनसिप अन्र्तगत राजधानीमा मंगलबार भएको छनोटको फाइनल खेलमा आर्मीकी विमलाले ५१ केजी तौल समूहमा आफ्नै क्लबकी मिनु गुरुङलाई ५–० को अंकको आधारमा पराजित गर्दै छनोट हुन […]
October 2, 2018
काठमाडौं(हाम्रो खेलकुद)- नवौं संस्करणको लिग लिगे दौड दुई सातापछि हुने भएको छ । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता आगामी असोज २८ गते आइतबार हुने आयोजक लिग लिग कोट विकास अभियानले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । यसपटकको दौड जित्ने धावकलाई एकरात लिग लिग कोटको राजको रुपमा राखिने र एक वर्षभर लिग […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । ३ खेलाडी र ३ अफिसियल गरी ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले विदाई गरे । असोज २० देखि कार्तिक १ गते ९अक्टोबर ६ देखि १८० सम्म […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र नेपाल एपीएफ क्लबकी मिनु गुरुङ राजधानीमा जारी विश्व महिला बक्सिङ प्रतियोगिताको लागि भएको छनोट खेलको फाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित बक्सिङ हलमा सोमबार भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहको सेमिफाइनलमा आर्मीकी विमलाले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टिमका महत्वपूर्ण सदस्य मान बहादुर श्रेष्ठ हङकङमा भएको १०औं पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक घान्द्रुक समाज युकेबाट खेलेका उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी चुनिएका हुन् । उनी सेमिफाइनलमा म्यान अफ दि म्याच समेत बनेका थिए । फाइनलमा घान्द्रुक समाज युके र […]
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– लुम्बिनी एकेडेमीले प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कपको उपाधि जितेको छ । चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीको फुटसल मैदानमा भएको फाइनलमा पायोनियरलाई पेनाल्टी सुटआउटमा हराउँदै लुम्बिनीले उपाधि जितेको हो । निर्धारित समय १–१ को बारबरुमिा टुंगिएपछि पेनाल्टीमा लुम्बिनीले बाजी मारेको थियो । ज्ञान प्रकाश एकेडेमीले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो । निजी तथा आवासिय […]