default_image

अन्य

October 24, 2018

हेलम्बु ट्रेल म्याराथनको उपाधि किरणलाई

सिन्धुपाल्चोक(हाम्रो खेलकुद)- तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथनको उपाधि किरण कुलुङले जितेका छन् । सिन्धुपाल्चोकको हेलम्वुमा भएको म्याराथनमा कुलुङले निर्धारित दुरी ४ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । ४ घन्टा ३८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै सुमन कुलुङले दोस्रो स्थान हात पारे । सन्तोष खालिङले ५ घन्टा ५२ […]

October 14, 2018

अनिष बने लिग लिगे राजा

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत तथा भारतीय सेनाका अनिष थापामगर लिग लिगे राजा बन्न सफल भएका छन् । आइतबार भएको नवौं संस्करणको लिग लिगे दौडमा च्याम्पियन बन्दै अनिष दोस्रोपटक लिग लिगे दौडको च्याम्पियन बन्दै एक वर्षका लागि लिग लिगे राजा बन्न सफल भएका हुन् । चेपेघाटदेखि लिग लिग कोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट […]

October 14, 2018

स्याङ्जामा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको स्वरेक महापुर मैदान र डौंवफाँटमा प्रथम नेपाल पाराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना हुन लागेको हो । विश्वकप कात्र्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालले हालै इन्डोनेसियाको जाकार्ता […]

October 13, 2018

एपिएफलाई वर्षको पाँचौ महिला भलिबल उपाधि

अर्जुन काकी (बागलुङ) – विभागीय नेपाल एपिएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले वर्षको पाचौं उपाधि जित्न सफल भएको हो ।   बागलुङको गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको खेलमा एपिएफले पुलिसलाई लगातार […]

October 11, 2018

शिवरामलाई सेन्ट्रल ओपन, करिअरको ४२ औं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यवसायिक गल्फर  शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम दिन बिहिबार उनले दोस्रो स्थानका भुवन नगरकोटीलाई १२ स्ट्रोकको फराकिलो अन्तरले पराजित गर्दै करिअरको ४२ औं उपाधि हात पारेका हुन् । बिहीबार गोकर्ण गल्फ कोर्समा […]

October 10, 2018

शिवराम सेन्ट्रल ओपन उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिनजिक पुगेका छन् । प्रतियोगिताको तेस्रो दिन लय कायम राख्दै कुल १० स्ट्रोकको अग्रता बनाएपछि उनी सिजनको सुखद सुरुवात नजिक पुगे । गोकर्ण गल्फ क्लबमा तेस्रो दिन बुधबार शिवरामले ३ अन्डर ६९ को […]

APF win

October 10, 2018

आर्मीमाथि एपिएफको संघर्षपूर्ण जित

अर्जुन कार्की (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको नम्वर एक टोली नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।  गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै […]

October 9, 2018

शिवरामको अग्रता बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि लय कायम राख्दै अग्रता बढाएका छन् । गोकर्ण गल्फ कोर्समा दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर स्कोरका साथ ७ स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो दिन ५ अन्डर ६७ स्कोर […]

October 9, 2018

एनभिए राष्ट्रिय महिला भलिबल आजदेखि, प्रदेश १ ले भाग नलिने

अर्जुन कार्की (हाम्रो खेलकुद) – आजदेखि गन्डकी प्रदेशको बाग्लुङ जिल्लामा २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुदैछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभाग गरी १० टोलीले सहभागिता जनाउने भनिएपनि अन्तिम समय प्रदेश नम्वर १ ले प्रािविधक कारण देखाउदै नाम फिर्ता लिएपछि ९ टोलील मात्रै प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुले […]

October 8, 2018

बागलुङमा राष्ट्रिय महिला भलिबल सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण मंगलबार बागलुङमा सुरु हुदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि १० टोलीको सहभागितामा प्रतियोगिता असोज २७ गते सम्म चल्नेछ । नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन रहेको प्रतियोगितालाई गल्कोट नगरपालिकाले ८  लाख रुपैयाँ सहयोग गरेको बागलुङ जिल्लासंघका अध्यक्ष यमवहादुर […]

Success

Thank you for your time.