March 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […]
March 26, 2024
काठमाडौं (हाम्रो खेलकद) – एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन् । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगितामा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा यी दुईले ५ स्ट्रोकको अग्रता कायम गरेका हुन् । नेपाल नम्बर एक एमेच्योर गल्फर […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपिए स्पोर्टस अवार्ड २०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। गत वर्ष सुष्मालेे एसियन युथ बक्सिङमा रजत पदक जितेकी थिइन्। दीपकले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए। शंखमुल पुल नजिकको यल दरबारमा सोमबार भएको अवार्डमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय […]
March 24, 2024
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो । यसअघि […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […]
March 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिबार तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनिन् । तेस्रो संस्करणमा सन्तोषी दोस्रो पटक च्याम्पियन बनेकी हुन् । गत वर्ष बंगलादेश गएका कारण उनले भाग […]