default_image

अन्य

January 17, 2025

नेपाली खो खो विश्व कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको सेमिफाइनलमा पुगेको छ। इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल फाइनल पुगेको हो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा […]

January 17, 2025

खो खो विश्व कप – नेपालको दुवै टोली क्वाटरफाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको‌ महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्‍व कपमा शुक्रवार क्‍वाटरफाइनलमा खेल्दैछन् । बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो। सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ। नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै […]

January 16, 2025

खो खो विश्व कपमा नेपालको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]

January 15, 2025

सायम प्रिमियर लिग फागुनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा फागुन अन्तिम सातामा हुने भएको छ । बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले लिगमा कुल ४ टोलीको सहभागिता रहने जानकारी दिए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 13, 2025

अग्रिम, निरभ र अभिशेषलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगिताको छात्र यु ११ नेपालका अग्रिम सैजु, यु १३ को भारत सिक्किम चेस एसोसिएसन निरभ ढकाल र यु १५ सिक्किमकै अभिशेष प्रधानले उपाधि जितेका छन्। यु ११ को चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिमले सिक्किमका एसे एबर भुटियालाई पराजित गर्दै उपाधि पक्का गरे। अग्रिमले ७ अंक जोडे। […]

January 13, 2025

राखेप उपाध्यक्ष आचार्यले पदवहाली गरे

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुव आचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष रुपमा सोमवार पदवहाली गरेका छन् । आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयले आज मनोनयन पत्र हस्तान्तरण गरेसँगै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल […]

January 12, 2025

भारतका आभनिष अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन आइतवारसम्म आइपुग्दा पाँचौं चरणका खेल सकिएका छन्। किर्तिपुर स्थित पुष्पसदन विद्यालयमा जारी प्रतियोगिताको छात्र तर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एसोसियसनका आभनिष प्रधानले शत प्रतिशत जित निकालेकी छिन् । आभनिषले ५ अंक […]

January 12, 2025

च्याम्पियन सदभाव र राहुलसहित गल्फ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका सदभाव आचार्य सहित नेपाली गल्फ टोली आज स्वदेश फर्किएको छ। शनिवार सम्पन्न ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले एकल र उनी सम्मिलित टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक […]

January 11, 2025

न्यु डायमण्डले रिमा र अलिशालाई बिदाइ गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]

Success

Thank you for your time.