December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर अन्तर्गत धरानस्थित निर्भाना कन्ट्री क्लबमा बुधबारदेखि सुर्य नेपाल इस्टर्न ओपन २०१८ सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ शिवराम श्रेष्ठ र रवी खड्का शीर्ष स्थानमा रहेका छन् । रवी र शिवराम दुवैले पार-७० को निर्भाना कन्ट्री क्लबमा पहिलो दिन ४ अन्डर ६६ स्कोर जोडे । […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वव्यापी शारीरिक सुगठन प्रतियोगिताको स्वर्णपदक विजेता महेश्वर महर्जन मंगलबार स्वदेश फर्किएका छन् । थाइल्यान्डमा एक साताअघि सम्पन्न प्रतियोगिताको १०औं संस्करणको ७५ केजी तौल समूहमा स्वर्ण जितेका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो । महेश्वरलाई स्वागत गर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, संघका पदाधिकारीलगायत सयौं […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको एनएनआइपिए अवार्ड नजिकिदै गर्दा अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ । अवार्ड हुन तीन दिन बाँकी रहँदा आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आदर्श विकास केन्द्र नेपालसँग ३ वर्षको लागि सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र आदर्श बिकासकी […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको चाङमइमा गतसाता सम्पन्न दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई थाइ नेपाल संघले सम्मान गरेको छ । बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा संघले महेश्वरलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । संघका अध्यक्ष कुमार कार्कीले आफू जहाँ रहेपनि नेपालको […]
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्षेनी आयोजना गर्दै आएको एनएनआइपिए वर्ष सर्वाेत्कृष्ट खेलाडीले जनही १ लाख पुरस्कार पाउने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सर्वाेत्कृष्ट मध्येको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १–१ लाख पुरस्कार पाउने जानकारी गराए । यसका लागि एनएनआइपिएले आइतबारै […]
December 22, 2018
काठमाडौ (हाम्रो खेलकुद) – पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो । […]
December 22, 2018
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबीबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई शनिबार ३–२ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । लिग चरणमा एपिएफसँग पराजित भएपछि आर्मीले फाइनलमा भने त्यो सिलसिला रोकेको छ । लिग चरणमा एपिएफसँग आर्मी ३–२ को सेटमा […]
December 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । शनिबार सकिएको प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य पदक जितेको छ । ललितपुर जिल्ला किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको एपिएफ […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र क्योकुसिनकी शिवानी श्रेष्ठ दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । उनीहरुले महिला ६० केजी तौल समूहमा आ–आफ्नो प्रतिद्धन्द्धीलाई शुक्रबार पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । ललितपुरको चापागाउँमा भइरहेको प्रतियोगितामा लुमन्तीले आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघकी कल्पना […]
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अंकुर बिद्याश्रम र रेडियन्ट पब्लिक स्कुल यू १२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपेक्स लाइफ स्कुलले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा अंकुरले आयोजक एपेक्सलाई ५–४ ले र रेडियन्टले किड्स लर्निङ स्कुललाई ३-२ ले हराएको थियो । प्रतियोगिताको फाइनल शुक्रबार हुने एपेक्स लाइफ स्कुलका संयोजक प्रकाश भट्टराईले जानकारी […]