default_image

अन्य

August 1, 2018

फुटभली टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटभली टोली एसियन च्याम्पियनसिपका लागि थाइल्यान्ड जाने भएको छ । टिमलाई बुधवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट बिदाई गरेका छन् । टोली बिहिबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । नेपाली टोलीको नेतृत्व प्रिया लक्ष्मी कार्कीले गरेकी छन् । व्यवस्थापकमा सृष्टि काफ्ले रहेकी छन् । प्रतियोगितामा खेलाडीहरु […]

August 1, 2018

ट्रायथलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । अगष्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६।३ […]

August 1, 2018

एसियाडका लागि कराते टोलीको अन्तिम तयारी जापानमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४ पुरुष/महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् । पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय […]

August 1, 2018

नेपालले एसिया रग्वी सेभेन्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी टिमले एसिया रग्वी सेभेन्स् ट्रफीमा प्रतिस्पर्धा गर्ने भएको छ । सिंगपुरमा यही अगस्ट ४ र ५ तारिखमा हुने एसिया रग्वी सेभेन्स् ट्रफीका लागि नेपाली टोली बिहिबार प्रतियोगिता स्थल सिंगापुर प्रस्थान गर्ने नेपाल रग्वी संघका अध्यक्ष टंकला घिसिङले जानकारी गराए । १२ खेलाडी सहित १५ सदस्यीय टोलीलाई बुधबारै संघले एक […]

August 1, 2018

एसियाड भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्यान्डतर्फ

 काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष/महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा […]

July 30, 2018

युएईमा खुल्ला पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेवाः पुचः युएईले आफ्नो स्थापनाकालको अबसर पारेर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आफ्नो स्थापनाकालको अवसर पारेर पहिलोपटक ऐतिहासिक भलिबल प्रतियोगिताको आयोजना गर्न लािएको नेपाल पत्रकार महासंघ, युएईका अध्यक्ष भूपराज बस्यालले जानकारी गराए । बकर इदको दिन २०१८ अगस्त २३ मा आयोजना हुने प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले […]

July 30, 2018

बास्केटबल टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा […]

July 30, 2018

उसु टोली मकाउ जाने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । […]

July 30, 2018

अन्तर स्कुल छात्रा फुटसलमा १२ टोली

काठमाडौंं (हाम्रो खेलकुद) – ब्राइट फ्युचर माध्यमिक विद्यालयको आयोजनामा ‘प्रथम ब्राइट उपत्यकाव्यापी अन्तर स्कुल छात्रा फुटसल’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मंगलबार र बुधबार दुई दिन ढुङ्गेअड्डास्थित आदर्श फुटसलमा हुनेछ । प्रतियोगितामा विभिन्न ९ स्कुलको सहभागिता रहने प्रतियोगिता संयोजक तथा ब्राइट फ्युचरका प्रशिक्षक दीपक वाइवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सहभागी […]

July 30, 2018

एसियाडका लागि गल्फ टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली गल्फ टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेका छन् । चार खेलाडी र नेपाल गल्फ संघका अध्यक्ष टासी घले सोमबार थाइल्यान्ड प्रस्थान गरेका हुन् । प्रशिक्षक दीपक आचार्य भने १० दिनपछि थाइल्यान्ड जानेछन् । नेपालले थाइल्यान्डमा थाइल्यान्डका प्रशिक्षक यिमसँग स्प्रिङ फिल्ड गल्फ कोर्षमा करिव […]

Success

Thank you for your time.