January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय र डोजाङ गरि २८ टोलीका २ सय १ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल र ग्रुप पुम्सेमा […]
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको […]
January 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)–क्यामेलिया उच्च माध्यमिक विद्यालय कुलेश्वरले भारतको राजस्थानमा भएको आइमास वल्ड कुमुते च्याम्पियनसिपमा स्वर्णपदक जित्न सफल आफ्ना दुई विद्यार्थी खेलाडीलाई बिहीबार नगदसहित सम्मानित गरेको छ । विद्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्णधारी आयुसा तामाङ र आर्यन रन्जितलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मानित गरेको हो । विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली दृष्टिबिहीन महिला क्रिकेट टोलीले पाकिस्तानमा आयोजना हुन लागेको प्रथम नेत्रहीन क्रिकेट सिरिजमा क्लिनसिट राख्ने लक्ष्य लिएको छ । टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच टी–२० सिरिज क्लिनसिट राख्ने योजना बनाएको बताएको हो । सिरिज १३ माघबाट २३ माघसम्म आयोजना हुदैछ । ‘नेपालले यो […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)-पश्चमाञ्चल क्षेत्रीय भलिबल संघ राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग पराजित भएको छ । प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा पश्चिमाञ्चल आफ्नो पहिलो खेलमै तीन भारतीय खेलाडी सम्मिलित सेवसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो । प्रतस्पर्धात्मक बनेको […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा भएको हो । नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् […]
January 23, 2019
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नवौ वरीयताका जापनिज केइ निशिकोरीबाट वाक ओभर पाएपछि जोकोभिच अन्तिम चारमा पुग्न सफल भएको हो । जोकोभिचले पहिलो सेट ६–१ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पारिसकेको अवस्थामा चोटका कारण निशिकोरीले रिटायर लिएको हो । उनलाई मेडिकल टोलीले […]
January 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मंगलबार दोहोरो जित निकालेको छ । मंगलबार भएको खेलमा आर्मीले तीन भारतीय खेलाडीसम्मिलित सामाखुशी इंग्लिस बोर्डिङ स्कुल(सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित […]
January 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । अपराजित रहेको आर्मीको ३ खेलबाट ९ अंक […]