default_image

अन्य

August 13, 2018

एसियाड पुरुष भलिबल टिमलाई पूर्व अन्तर्राष्ट्रिय खेलाडीबाट बिदाई

काठमाडौं (हाम्रो खेलकुद)- ३२ वर्षपछि एसियाड भलिबल खेल्ने तयारीमा रहेको नेपाली पुरुष भलिबल टिमलाई पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुले बिदाई गरेका छन् । नेपालको पहिलो महिला राष्ट्रिय टिमकी कप्तान कल्पना रानाको नेतृत्वमा आठौं र १० औं सागका कास्य विजेता महिला टिम र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुले नेपाली पुरुष टिमलाई सोमबार सफलताको शुभकामनासहित बिदाई गरेको हो […]

August 13, 2018

ढोरपाटन पुरुष भलिबललाई यति ब्रुअरीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितालाई यति ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन क्लबले सोमबार प्रतियोगिताको मिति तोक्दै यति ब्रुअरी प्रालिसँग मुख्य प्रायोजकमा हस्ताक्षर गरेको हो । सम्झौतामा को आयोजनामा हुनेसम्झौता यति ब्रुअरी प्रालीका मार्केटिङ अफिसर बिभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले हस्ताक्षर गरे । सम्झौतापश्चात प्रतियोगितालाई […]

August 13, 2018

क्रिकेटका शक्ति र ब्याडमिन्टनका शोभा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति प्रसाद गौचन र ब्याडमिन्टनकी शोभा गौचन सम्मानित भएका छन् । शक्ति र शोभाले आ–आफ्नो खेलको माध्यमबाट राष्ट्रको शिर उचो पारेको भन्दै थासाङ स्पोर्टस् क्लबले सोमबार सातौ खुल्ला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटनका अवसर पारेर खेलाडीलाई सम्मान गरेको हो ।  उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत […]

August 11, 2018

भलिबलको लेभल–टु कोचिङ कोर्स सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलको लेभल–टु कोचिङ कोर्स काठमाडौंमा सम्पन्न भएको छ । नेपालमै पहिलोपटक सञ्चालन भएको पाँच दिने लेभल–टु कोचिङ कोर्समा १७  प्रशिक्षार्थी प्रशिक्षकले सहभागिता जनाएका थिए । जसमा नेपालका १४  जना, भारतका दुई जना र सिरियाबाट एक प्रशिक्षार्थीले ले भल–टु कोर्समा सहभागिता जनाएका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभी)का कोर्स डाइरेक्टर […]

August 11, 2018

अरहान्त र भावना लगातार तेस्रोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह पुरुष एकलतर्फ र भावना सुनुवार महिला एकलतर्फ तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । लगातार तेस्रोपटक च्याम्पियन बन्दै अरहान्त र भावनाले प्रतियोगितामा ह्याट्रिक पुरा गरेका हुन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको फाइनलमाा डिफेन्डिङ च्याम्पियन अरहान्तले अमृत थापामगरलाई ३–१ को सेटमा पराजित गर्दै लगातार […]

August 10, 2018

एसियाडमा पदक जित्ने खेलाडीलाई युयुएनटीएफको पुरस्कार घोषणा

सुरज भण्डारी अमेरिका –इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा तेक्वान्दोमा पदक जित्ने नेपाली खेलाडीलाई युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (युयुएनटिएफ) ले नगद पुरस्कारको घोषणा गरेको छ । विश्वभर रहेका नेपाली तेक्वान्दो पूर्व प्रशिक्षक, प्रशिक्षक एवं खेलाडीहरुको संस्था युयुएनटिएफ एसियाडमा स्वर्ण पदक जित्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रजत पदक जित्नेलाई […]

August 8, 2018

भावना र कृष्णा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको महिला एकलतर्फको खेलमा भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धामा स्वास्थानी […]

August 8, 2018

ह्वीलचियर तेक्वान्दोलाई (इन्टा) को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङले नेपाली राष्ट्रिय ह्वीलचियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ । इन्टा हङकङका अध्यक्ष राजु खड्काले ह्वीलचियर राष्ट्रिय तेक्वान्दो टिमलाई करिब ५० हजार बराबरको तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए । बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई […]

August 8, 2018

जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले […]

August 8, 2018

विशेष प्रशिक्षणका लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली प्रशिक्षणका लागि मलेसिया प्रस्थान गरेको छ । नेपाली खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षणसँगै मलेसियाको लन टेनिस एसियाड टोलीस अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । एसियाडमा पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलातर्फ जुम्लयाहा […]

Success

Thank you for your time.