default_image

अन्य

February 23, 2019

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले रजत महोत्सव मनायो

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले शनिबार आफ्नो स्थापना दिवसको २५औं वर्ष (रजत महोत्सव) मनाएको छ । जावलाखेलले चार टोलीसम्मिलित एक दिवसीय भेट्रान भलिबल प्रतियोगिता आयोजना गर्दै आफ्नो स्थापनाको रजत महोत्सव मनाएको हो । प्रतियोगितामा जावलाखेलको ‘ए’ र ‘बी’ टोली, भक्तपुर र काभ्रेगरी ७ टोलीले सहभागिता जनाएका थिए । विशुद्ध मनोरन्जनको लागि भएको […]

February 23, 2019

पिंकाथन हाफ म्याराथनमा कान्छीको ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं पिंकाथन हाफ म्याराथनमा ह्याट्रिक उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथन हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट […]

February 22, 2019

वृहस्पति र जेभियरको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले […]

February 21, 2019

फिस्लिङ ‘ए’ तेश्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियन

धादिङ (हाम्राे खेलकुद) – नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । ¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित […]

February 19, 2019

तेस्रो संस्करणको पिंकाथन शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको पिंकाथन हाफ म्याराथन आउँदो शनिबार हुने भएको छ । आयोजक काठमाडौं पिंकाथनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । पिंकाथनमा हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा हुनेछ । हाफ म्याराथनको विजेताले ५१ हजार रुपैयाँ हात पार्नेछन् […]

February 19, 2019

आर्मीका हरिलाई सफल पोखरा म्याराथनको उपाधि

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका हरि कुमार रिमालले सफल पोखरा म्याराथनको जित्न सफल भएको छ । आर्मीका हरिले एपीएफका खिम बहादुर खत्रीलाई १० सेकेण्डले पछि पार्दै उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालामा मंगलबार भएको म्याराथनमा हरिले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गरे । दोस्रो […]

February 18, 2019

सुष्मा लेडी क्याडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा कोइरालाले वार्षिक लेडी क्याडी प्रतियोगिता २०१९ को उपाधि जितेकी छिन् । उनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । आइतबार रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा सुष्माले ८९ स्कोरका साथ १३ स्ट्रोकले अगाडी रहँदै उपाधि जितेकी हुन् । उनले फ्रन्ट नाइनमा ४५ तथा ब्याक नाइनमा ४४ स्कोर ल्याइन । दोस्रो स्थानकी […]

February 15, 2019

जयरामलाई क्याडी प्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठले सन् २०१९ को वार्षिक क्याडी प्रो को उपाधि हात पारेका छन् । प्रदिप लामा र भुवन कुमार रोक्कालाई १ स्ट्रोकले पछाडी पार्दै जयरामले ८ हजार रुपैयाँ हात पारे । जयरामले कुल १ सय २ स्कोर गर्दा भुवन र प्रदिपले समान१ सय ३ स्कोर जोडे । दोस्रो स्थानका दुवैले ५ […]

February 14, 2019

विश्व च्याम्पियन महेश्वरलाई सरकारको ५ लाख

काठमाडौं (हाम्रो खेलकुद)– विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । हालै संयुक्त अरब इमिरेन्ट्सलाई वान डे र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोली र सन् २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली युवा फुटबल टोली (यू २३) लाई […]

February 13, 2019

आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित

काठमाडौं (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुद खेलकुदको मिति अझै तय हुन नसकेपछि सहभागी टोलीको संख्इा ११ वटा हुने भन्ने निश्चित भइसकेको छ । आन्तरिक प्रतिस्पर्धा गराउने उद्देश्यका साथ २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक ७ प्रदेश, ३ विभागिय टोली र एक एनआरएन खेलाडी सहभागी हुनेछन् । प्रदेश ५ मा आयोजना […]

Success

Thank you for your time.