default_image

अन्य

September 13, 2018

विश्व सिनियर जुडो च्याम्पियनसिप खेल्न जुडो टोली अजरबैजान जाने

काठमाडौँ  (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिहीबार बिदाइ गरिएको छ । सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । […]

September 10, 2018

जोकोभिचलाई युएस ओपन टेनिसको उपाधि

न्युयोर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेको छ । जोकोभिचले अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेमाथि ३–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएका हुन् । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको प्रतिस्पर्धामा जोकोभिचले डेल पोर्टाेमाथि पहिलो सेटमा ६–३ को सहज जित निकालेको थियो । दोस्रो सेटमा ७–६ […]

September 9, 2018

ओसाका युएस ओपन टेनिस च्याम्पियन

न्यु योर्क (एजेन्सी) – नाओमी ओसाका युएस ओपन टेनिसको च्याम्पियन बनेकी छन् । २०औं वरीयताकी ओसाकाले १७ वरीयताकी सेरेनामाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधिको रुपम युएस ओपन टेनिस जित्न सफल भएकी हुन् । न्यु योर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएका खेलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्समाथि ओसाकाले सनसनीपूर्ण जित निकालिन् […]

September 8, 2018

ढाकामा नेपाली खेलकुद पत्रकारलाई स्वागत

ढाका (हाम्रो खेलकुद) – बंगलादेश स्पोर्टस् प्रेस एसोसिएसन (बीएसपीए) ले साफ सुजुकी कपको समचार संकलनको लागि ढाका आइपुगेको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई शनिबार स्वागत गरेको छ । बीएसपीएले साफ सुजुकी कप भैरहेको बंगबन्धु स्टेडियममै रहेको कार्यालयमा मञ्चको टोलीलाई स्वागत गरेको हो । मञ्चको नेतृत्व नेपाल खेलकुख पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र […]

September 3, 2018

एशियाली पदक विजेता पाराग्लाईडिङ खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]

September 3, 2018

नाडाल र सेरना युएस ओपनको क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले जर्जियाका निकोलोज बासिलासभिलीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा आइतबार राति भएको खेलमा ३२ वर्षीय नाडालले निकोलोजमाथि ६–३, ६–३, ६–७ र ६–४ को जित […]

September 3, 2018

दीपककृष्णले सर्वाधिक पुरस्कार राशीको कुराँशमा चुनौति पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– उज्वेकिस्तानमा हुने सर्वाधिक पुरस्कार राशीको कुराँश च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर ४ देखि ७ गते सम्म हुने च्याम्पियनसिपमा नेपाली खेलाडी दीपककृष्ण श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । सेप्टेम्बर ६ कुराँश दिवसको उपलक्ष्यमा हरेक वर्ष उज्वेकिस्तानमा च्याम्पियनसिप आयोजना हुँदै आएको छ । प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो […]

September 2, 2018

एसियाडको भब्य समापन, नेपाल एक पदकमै सीमित

जाकर्ता (हाम्रो खेलकुद) – चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनसँगै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । […]

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]

August 31, 2018

मन्त्रीद्वारा खेलकुद पूर्वाधार निरिक्षण

काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् । यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र […]

Success

Thank you for your time.