default_image

अन्य

March 26, 2019

भिआईपी प्याराफिट आइपुग्यो, जडानमा तीब्रता

नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]

March 26, 2019

स्नुकरमा नकआउट चरण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल मंगलबार सम्पन्न भएको छ । नकआउटको दोश्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५–१, सोम लामाले वान्छेन छापलाई ५–१, दीपक मगरले आयुश गौतमलाई ५–० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५–४ को फ्रेममा […]

March 24, 2019

अम्पायर तथा लाइन जज अर्याल हङकङमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका […]

March 23, 2019

निर्माणलाई १७ औं स्नुकर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे । घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र […]

March 23, 2019

आयोजक दुप्चेश्वरलाई खुल्ला पुरुष भलिबलको उपाधि

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शनिबार भएको फाइनलमा आयोजक दुप्चेश्वरले सोसल सर्भिसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ […]

March 23, 2019

नख्खुलाई सुनीललाल जोशी स्मृति फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नख्खु फुटसलले दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलिप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित ग¥यो । नख्खुका रफी महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे । प्रतिष्ठानबाट अनिल खड्का, दिपेन्द्र खत्री […]

March 23, 2019

स्पेसल ओलम्पिक टोली फर्कियो

काठमाडौं (हाम्रो खेदकुद) – युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पा¥यो । ३ […]

March 23, 2019

निर्माण र अमिर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेका निर्माण बोगटी र काठमाडौंका अमिर श्रेष्ठ प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा निर्माणले ललितपुरका विकेश राईलाई ५–३ तथा अमिरले काठमाडौंकै वान्छेन छापलाई ५–३ को फ्रेममा पराजित गरे । फाइनल शनिबार हुनेछ ।

March 22, 2019

टाइम्स र जेभियर फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेज र जेभियर कलेज प्रथम ह्वाइट हाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । टाइम्सले ज्ञान निकेतनलाई तथा जेभियरले आयोजक ह्वाइट हाउस कलेजलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा टाइम्सले ज्ञाने निकेतनलाई ५९–४२ ले पराजित ग¥यो । टाइम्सको जितमा […]

March 22, 2019

दुप्चेश्वर र सोसल सर्भिस फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार र सोसल सर्भिस दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शुक्रबार भएको सेमिफाइनलमा आयोजक दुप्चेश्वरले पञ्चकन्यालाई ३–० को सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–१९ ले जितेको थियो । दोस्रो र तेस्रो […]

Success

Thank you for your time.