April 8, 2019
पोखरा (हाम्रो खेलकुद) – एशिया कपसहित दक्षिण एशियन ट्राइयाथलन च्याम्पियनशिप पोखरामा आयोजना हुने भएको छ । नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रयाथलन च्याम्यिनशिपलाई अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण […]
April 8, 2019
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । ट्रयाथलन र प्याराग्लाइडिङका कारण गण्डकी प्रदेश आयोजनामा सरिक भएको हो । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्रयाथलन र प्याराग्लाईडिङ प्रतियोगिता पोखरामा आयोजना हुने भएपछि गण्डकी प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो । पूर्वाञ्चलमा आयोजना भएको […]
April 7, 2019
पोखरा (हाम्रो खेलकुद) – प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गतेबाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो । कुल ६ वटा स्वर्ण […]
April 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको एसी मिलान जुनियर क्याम्प आइतबारदेखि ललितपुरमा शुरु भएको छ । इटालियन क्लब एसी मिलानको जुनियर क्याम्प सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा सुरु भएको हो । ६ दिनसम्म चल्ने क्याम्पको पहिलो दिन उद्घाटन सत्रका कारण खेलाडीहरुले सामान्य अभ्यास मात्रै गरे । […]
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ दिनुका साथै मायाको चिनो प्रदान गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । कार्यक्रमलाई सम्बोधन […]
April 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इटालियन क्लब एसी मिलान फुटबल क्लबको दोस्रो संस्करणको जुनियर क्याम्प भोलि (आइतबार) देखि सुरु हुने भएको छ । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्टका आयोजना तथा वान अप प्रालिको व्यवस्थापनमा दोस्रो संस्करणको जुनियर क्याम्प आइतबार २४ चैतबाट ३० चैतसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । सातदोबाटोस्थित एन्फा […]
April 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलुकद पत्रकार मञ्च (एनएसजेफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । राजधानीमा शुक्रबार भएको मञ्चको १५औं चुनावी साधरणसभाले दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षमा तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । देवेन्द्रले अध्यक्षका प्रत्यासी प्रकाश तिमल्सिनालाई १४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । देवेन्द्रले ५५ तथा […]
April 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दोको तत्वाधानमामा युके स्पोर्टस् र जिबी तेक्वान्दोको सहयोगमा तेक्वान्दो विकास साझेदारी प्रोजेक्ट नेपाल अन्तरगत तेक्वान्दो प्रशिक्षण क्याम्प सम्पन्न भएको छ । ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा प्रशिक्षणमा केन्द्र, प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका ५० जना खेलाडीहरु सहभागी भएका […]
April 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा भएको अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका सुमन तिम्सिना दोश्रो चरणमा पराजित भएका छन् । पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा त्यत्ति नै अंक अन्तरमा त्यही राष्ट्रका खेलाडीसंग सुमन चुके । उनको स्पर्धामा विभिन्न राष्ट्रका २५ खेलाडीले प्रतिस्पर्धा […]
April 3, 2019
धनगढी (हाम्रो खेलकुद) – नयाँ वर्षको पुर्व सन्ध्यामा रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगिताको यो सातौँ संस्करण हो । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमा जस्तै यस […]