default_image

अन्य

April 11, 2019

स्क्वास : भावनाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको महिला राउन्ड रोविन खेलमा नेपाल च्याम्पियन तथा प्रदेश नम्वर ३ की भावना सुनुवारले दोहोरो जित निकाल्न सफल भएकी छन् । भावनाले पहिलो खेलमा गण्डकी प्रदेशकी सलिनी घिमिरेलाई ११–२, ११–० र ११–१ र प्रदेश ३ कै स्वस्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ ले हराइन् । यस्तै […]

April 11, 2019

ह्वीलचेयर ‘एसिया कप’ क्रिकेट वैशाख तेस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट संघ नेपालको आयोजनामा विश्वको पहिलो ह्वीलचेयर क्रिकेटको ‘एसिया कप’ टी–२० क्रिकेट प्रतियोगिता बैशाख तेस्रो साता नेपालमा आयोजना हुने भएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहकार्यमा पहिलो एसिया कप टी–२० क्रिकेट प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ कलेजको खेल मैदानमा सञ्चालन हुने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन […]

April 11, 2019

हक्की : पुलिस र आर्मी विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्कीको समूह चरण खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । नेपाल पुलिस क्लबले प्रदेश ४ लाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । पुलिसका लागि पाँचौ गोल रोमन रानाले गरेका थिए । अर्को खेलमा आर्मीले प्रदेश २ लाई १-० […]

April 11, 2019

स्क्वासः अमृत र दीपक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै अखन्तिमा चारमा स्थान बनाए । उनले उमितमाथि ११–५, ११–२ र […]

April 10, 2019

हक्की : आर्मी र गण्डकीको बराबरी

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई […]

April 10, 2019

कुस्ती : सरोज यादवको विजयी सुरुवात

कपिलवस्तु (हाम्रो खेलकुद) – प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । १२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजित गरे । यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई र प्रदेश […]

default_image

April 10, 2019

काठमाडौ र आइफसी क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र आइएफसि सानेपाले फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ग्रासरुट फुटबल बिकासको लागि सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले फ्रिडम एफसी नखिपोटलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । निर्धारित ५० मिनेटमा कुनै गोल निस्कन […]

April 10, 2019

स्क्वास : विक्रम र अमिर तेस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबका विक्रम मगर र प्रदेश नम्वर ३ का अमिर ब्लोन आठौं राष्ट्रिय खेलकद अन्तरगतको पुरुष स्क्वास प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा विक्रमले पहिलो चरणमा प्रदेश १ का नैन बहादुर मगरलाई र दोस्रो चरणमा प्रदेश ३ का विनोदरत्न शाक्यलाई पराजित गर्दै तेस्रो चरणमा स्थान […]

April 9, 2019

ओलम्पियन दीपक र स्नेहा स्वीट्जल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियनद्वय दीपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागिता जनाउने भएका छन् । फोरम १३ अप्रिलदेखि १७ अप्रिलसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरल्याण्डको लसान शहरमा हुदैछ । विष्टले इन्टरनेशनल एथलेट्स फोरम अन्तर्गत ओलम्पियन फोरममा तथा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट […]

April 8, 2019

फ्रेन्डस् भेट्रान्स कप फुटबल भोलिदेखि

ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब एनआइविएल फ्रेन्डस् क्लबको आयोजनामा फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता भोलि (मंगलबार) देखि आयोजना हुने भएको छ । क्लबले ग्रासरुट फुटबलको सहयोगार्थ फ्रेन्डस् भेट्रान्स कप फुटबल प्रतियोगिता २६ चैतबाट ३० चैतसम्म आयोजना गर्न लागेको हो । प्रतियोगिता बागमती फुटबल मैदान बागमती पुलनजिक कुपोन्डोलमा आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १४ […]

Success

Thank you for your time.