default_image

अन्य

November 30, 2018

शिवराम ४३ औं उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको उपाधिनजिक पुगेका छन् । तेस्रो दिन बिहीबारसम्म शिवराम ६ स्ट्रोकले अगाडी रहेसँगै उनको उपाधि सम्भावना बलियो रहेको हो । यसअघि सेन्ट्रल ओपन उपाधि जित्दै शिवरामले ४२ उपाधि बनाएका थिए । रोयल नेपाल गल्फ क्लबमा बिहीबार शिवरामले १ अन्डर ६७ स्कोरजोड्दै समग्रमा आफ्नो […]

November 29, 2018

मिक्स टिममा भारत च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– भारत दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा च्याम्पियन बनेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा बिहीबार भएको फाइनलमा भारतले आयोजक नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मिक्स टिमको फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई […]

November 29, 2018

एनएनआइपिए खेलाडी सम्मान पुष दोस्रो सातामा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीहरुको संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले पुष दोस्रो सातामा एनएनआइपिए वर्षका उत्कृष्ट खेलाडी सम्मान आयोजना गर्ने गर्ने भएको छ । एनएनआइपिएले यसपटक पुष १३ गते आयोजना गर्ने सम्मानमा पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पनि सम्मान गर्ने बताएको छ । यसपटक २९ खेलका खेलाडीलाई वर्ष खेलाडी २०७४ बाट सम्मान […]

November 28, 2018

शिवराम दोस्रो दिन पनि अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राख्न सफल भएका छन् । शिवरामले दोस्रो दिन ४ अन्डर ६४ स्कोर जोड्दै समग्रमा ४ स्ट्रोकको अग्रता कायम गरेका छन् । अघिल्लो दिन ६ अन्डर खेलेका शिवरामले समग्रमा १० अन्डर १ सय २६ जोडेका छन् । दोस्रो […]

November 27, 2018

काठमाडौं ओपन : पहिलो दिन शिवराम अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन २ स्ट्रोकको अग्रता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्समा मंगलबार शिवरामले ६ अन्डर ६२ स्कोर जोडे । फ्रन्ट नाइनमा २ अन्डर ३२ जोडेका शिवरामले ब्याक नाइनमा ४ अन्डर ३० लेखाउँदै शीर्षस्थानमा स्थान पक्का गरे । दोस्रो स्थानमा […]

November 27, 2018

भारत र बंगलादेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –भारत दोस्रो दक्षिण एशियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा मंगलबार भएको टिम इभेन्टस भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । भारत समूह ‘ए’ को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । भारतसँग पराजित भएपनि बंगलादेश […]

November 26, 2018

नेपाली पारा तेक्वान्दो टोली भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– भारतको देहरादुनमा आयोजना हुने प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने […]

November 25, 2018

प्रथम नोभिष राष्ट्रिय बक्सिङमा नक्साल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले ४ स्वर्ण ६ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । २ स्वर्ण जितेको काठमाडौं बक्सिङ क्लब दोस्रो भए । प्रतियोगितामा यु–१९ महिलातर्फ नक्सालकी रमिता श्रेष्ठ र पुरुषतर्फ मकवानपुरका जमिन पाख्रिनल उत्कृष्ट खेलाडीको उपाधि जितेका […]

November 25, 2018

सीसीआरसी र ज्ञान निकेतन विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सीसीआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् । रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सीसीआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सीसीआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर […]

November 25, 2018

नेपाल ६३ स्वर्ण सहित टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । आइतबर सम्पन्न प्रतियोगितामा नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.