May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा हुने दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ । जावलाखेलस्थित डिएभी स्कुलमा पहिलो […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् । आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक हरि बहादुर रोकायाका द्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै रोकया नेतृत्वको कर्णाली स्पोर्टसलाई रु १ लाख रुपैया नगद सहयोग गरेको छ । त्यसैगरि रुट्सले कर्णाली स्पोर्टस क्लबले गर्न लागेको एथलेटिक्स प्रतियोगितालाई १ लाख ५० हजार रुपैया नगद […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टर्किस एयरलाइन्स गल्फ प्रतियोगिता अर्काे शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै कर्पाेरेट क्षेत्रको सबैभन्दा ठुलो गल्फ प्रतियोगिता काठमाडौंमा ११ मार्चमा हुने जानकारी गराएको हो । प्रतियोगितामा १०० गल्फरको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लब, पोखरा र धरानको लागि […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।
April 27, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल तथा पर्यटकीय नगरी पोखरामा पहिलोपटक आयोजना भएको एयिसन कप ट्राइयााथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् । पोखराको फेवातालमा शनिबार बिहान भएको च्याम्पियनसिपमा जापानका माकोतो ओदाकुराले निर्धारित दुरी ५४ मिनेट १६ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । पोल्यान्डका डाम एमसिन्टेसले ५४ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो […]
April 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यु–१७ मा पदक पक्का गरेका छन् । प्रिन्सले यु–१७ तर्फ शनिबार बिहान भएको क्वाटरफाइनलमा तेस्रो वरीयता प्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेको उनका प्रशिक्षक […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली साईक्लिङ खेलाडी लक्ष्मी मगरले भारतको उत्तराखण्डमा भएको उत्तराखण्ड हिमालय एमटिबी च्यालेन्जको महिला विधामा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । अप्रिल १८ देखि २५ तारिख सम्म भएको ६५९ किलोमिटर साईक्लिङ्ख दौड मगरले २४ घन्टा, ३२ मिनट १२.६५५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । दोश्रो स्थानमा रहेकी ईन्डोनेसियाकी नोभियानले […]
April 26, 2019
गोदावरी (हाम्रो खेलकुद) – पुर्नवास नगरपालिका कञ्चनपुरलाई २–१ गोलको अन्तरले पराजित गर्दै तुलसीपुर उप महानगरपालिका प्रथम बि वाइ सी मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेल सुरु भएको ५ मिनेट नबित्दै गणेश नेपालीले तुलसीपुरलाई अग्रता दिलाए । दोस्रो हाफको ४७ औं मिनेटमा लेखनाथ मगरले अग्रता दोब्बर पारे । पुनर्वासका लागि ६६ […]