default_image

अन्य

January 19, 2019

स्नुकर संघद्वारा न्यौपाने सम्मानित

बुटवल (हाम्रो खेलकुद) – रुपन्देही पुल तथा स्नुकर संघको बुटवलमा शुक्रबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनका क्रममा हाम्रो खेलकुद डटकमका बुटवल संवाददाता दिपक न्यौपाने सम्मानित भएका छन । संघले उनलाइ स्नुकर खेललाइ माथि उठाउन मिडियाबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै उत्कृष्ट स्नुकर पत्रकारीता पुरस्कार २०७५ प्रदान गरेको हो । न्यौपानेलाइ नगद रु ५ हजार […]

January 18, 2019

नेपालमा पहिलो पटक पिकलबल खेल आयोजना

पोखरा (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक पिकलबल खेल सुरु भएको छ । पोखरा १५ स्थित वृटिश गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन कोर्टमा पिकबल खेल सुरु गरिएको हो । यद्दपी खेलमा नेपाली खेलाडी भने सहभागी छैनन् । तर यो खेल भने नेपालीले नै भित्राएका हुन् । बेलायतलाई कर्म थलो बनाएर खेल तथा सामाजिक क्षेत्रमा कृयाशिल नविन […]

January 17, 2019

दुई विभागिय टोली सभामुख कपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ र नेपाल पुलिस तथा प्रदेश ३ र गण्डकी प्रदेश दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफले पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३,२५–६ र २५–१७ को सोझो […]

January 17, 2019

शिवरामलाई सूर्य नेपाल म्याच प्ले उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल म्याच प्लेको उपाधि जितेका छन् । बिहिबार रोयल नेपाल गल्फ कोर्षमा दोस्रो वरियताका भुवन नगरकोटीलाई २-१ ले पराजित गर्दै शिवरामले सिजनको तेस्रो तथा समग्रमा ४४ औं उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा शिवरामले फ्रन्ट नाइनमा २ स्ट्रोकको अग्रता लिएका थिए । १८ […]

January 17, 2019

भलिबल अवार्डमा जनता बैंकको साथ

काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]

January 16, 2019

बंगलादेशमा गल्फ टोलीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम ईभेन्टसमा स्वर्ण पदक जितेको छ। कुर्मितोला गल्फ क्लबमा बुधबार नेपालका शीर्ष दुई एमेच्योर गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्कीको नेपाल ए ले कुल १२ ओभर ३०० स्कोरकासाथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण जितेको हो। बंगलादेशको बी टिम ३०३ स्कोर सहित […]

January 16, 2019

रत्नजित र नविनको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीको उपाधि जितेको छ । रत्नजित र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजयी जोडीले १ लाख, दोस्रो टोलीले […]

January 11, 2019

पिंकाथनको तेस्रो संस्करण फागुनमा

काठमाडौं (हाम्रो खेलकुद)– महिला स्वास्थ्य तथा सशक्तिकरणबारे जनचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने पिंकाथन नेपालको तेस्रो संस्करण फागुनमा हुने भएको छ । फागुन ११ गते काठमाडौंमा हुने पिंकाथन दौडमा ५ हजार भन्दा बढी महिलाको सहभागिता रहने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताको आयोजना स्थल टुंगो लाग्न बाँकी रहेको […]

January 11, 2019

मञ्चका पूर्व अध्यक्ष राजवंशीलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । मञ्चले विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तत्प परिवारप्रति समवेदना व्यक्त गरेको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि […]

January 10, 2019

ललिता र विमलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी नेपालकी ललिता महर्जन र र विमला श्रेष्ठले स्वर्ण जितेकी छन् । बोसीगाउमा बिहीबार सकिएको च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । […]

Success

Thank you for your time.