default_image

अन्य

January 23, 2019

जिम्न्याष्टिक संघ एकिकरण, प्रधानलाई अध्यक्षको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा भएको हो । नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् […]

January 23, 2019

जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नवौ वरीयताका जापनिज केइ निशिकोरीबाट वाक ओभर पाएपछि जोकोभिच अन्तिम चारमा पुग्न सफल भएको हो । जोकोभिचले पहिलो सेट ६–१ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पारिसकेको अवस्थामा चोटका कारण निशिकोरीले रिटायर लिएको हो । उनलाई मेडिकल टोलीले […]

January 22, 2019

आर्मी शीर्षस्थानमा, एपिएफको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले मंगलबार दोहोरो जित निकालेको छ । मंगलबार भएको खेलमा आर्मीले तीन भारतीय खेलाडीसम्मिलित सामाखुशी इंग्लिस बोर्डिङ स्कुल(सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित […]

January 21, 2019

ढोरपाटन भलिबलमा आर्मी अपराजित

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । अपराजित रहेको आर्मीको ३ खेलबाट ९ अंक […]

January 20, 2019

ढोरपाटन भलिबलमा श्रीगाँउ दाङको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– श्रीगाँउ खेलकुद विकास समितिले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आइतबार दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ दाङले थाहा नगरपालिका मकवानपुर र ढोरपाटन क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । पहिलो दिन दाङ त्रिभुवन आर्मी क्लबसँग पराजित […]

January 20, 2019

ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट, छनोट हुने सबै विभागिय खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएका छन् । छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व […]

January 19, 2019

जुडोकी फुपु विना जानकारी जापानबाट फर्केको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् । एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको […]

January 19, 2019

१३ औं साग पूर्व निर्धारित मितिमा नहुने पक्का !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्व निर्धारित तिथिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा हुने भनिएको साग तयारी पुरा नभएको भन्दै १३ औं सागको सचिवालयबाट पत्र प्राप्त भएको नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार हाम्रो खेलकुदलाई बताएका छन् । साग आयोजनको मुख्य […]

January 19, 2019

भलिबलमा एपिएफलाई सिजनको सातौ उपाधि, सभामुख कपमा लगातार च्याम्पियन

पोखरा(हाम्रो खेलकुद)- घरेलु महिला भलिबलमा सर्वाधिक सफल टोली विभागीय नेपाल एपएिफ क्लबले सिजनको सातौ उपाधिको रुपमा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सिजनको सातौ उपाधि जित्न सफल भएको हो […]

January 19, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल-आर्मी र सेवको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) ले शनिबारबाट शुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले श्री गाँउ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]

Success

Thank you for your time.