default_image

अन्य

May 17, 2019

आचार्य बाबुछोरा सहितलाई प्रो-एम उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – व्यावसायिक गल्फर दीपक आचार्य र उनका छोरा सद्भाव आचार्यसहितको जोडीले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एम उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शुक्रबार दीपक (३९), सद्भाव (४५) सहित हृदेश कुमार सिंह (४३) र कालसाङ शेर्पा (३९) को जोडीले प्रथम स्थान हासिल गर्यो । दोस्रो स्थानमा व्यावसायिक सचिन भट्टराई (३८) सहित […]

May 17, 2019

नेपाल आईस मिडिया कप फुटसलको तयारी पुरा

धनगढी (हाम्रो खेलकुद) – नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो। प्रतियोगितामा ९ टिमको सहभागिता रहने र २ समुहमा विभाजन गरि लिग चरणका आधारमा खेल खेलाईने जिल्ला समन्वय शाखा […]

May 17, 2019

ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) –चीनको नानिङ शहरमा आयोजना हुने टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ मा सहभागिता जनाउन नेपाली ब्याडमिन्टन टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तजा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले बिदाई गरे । टोटल बिडब्लुएफ सुदिरमान कप २०१९ प्रतियोगिता (१९ मे […]

May 17, 2019

बक्सिङ टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि जनाउन नेपाली टिम शुक्रवार गुवाहटीतर्फ प्रस्थान गरेका छन् । नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनवहादुर केसी, तालिम तथा प्रशिक्षण बिभागका निर्देशक रिमवहादुर रानाभाट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भिष्म पितामह सुरेश सिंह आलेले बिदाई गरे । भारतको […]

May 17, 2019

आठ विधामा पोखरा स्पोर्टस् अवार्डप्रदान गरिने

पोखरा (हाम्रो खेलकुद)-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगमी २४ जेठमा टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड हुँदैछ । मञ्चले यसपालि विभिन्न ८ विधामा स्पोर्टस् अवार्ड प्रदान गर्ने विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दियो । अवार्डमध्ये बतास ब्रदर्श प्रालिको प्रायोजनमा वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिला खेलाडीलाई विगो स्कूटर प्रदान गरिनेछ । […]

May 16, 2019

आर्मी शीर्ष स्थानमा उक्लियो, टाइम्स र गोल्डेनगेटको खेल वर्षाले स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लब होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा आर्मीले बुढानिलकण्ठलाई ७९–६४ को अन्तरमा पराजित गरेपछि शीर्षस्थानमा उक्लिएको हो । आर्मीको ८ खेलबाट १५ अंक पुगेको छ । एक खेल कम खेलेको टाइम्स इन्टरनेसनल कलेज […]

May 16, 2019

‘श्रीपेच विनाको राजा’

सुबास हुमागाईं, काठमाडौं नेपाली गल्फमा बिहीबार नयाँ इतिहास रचियो । नेपालको व्यावसायिक गल्फले झन्डै एक दशकपछि भुवन नगरकोटीका रुपमा नयाँ नम्बर १ खेलाडी पायो । बिडम्बना भन्नुपर्छ, नम्बर १ खेलाडीले यस सिजन सूर्य नेपाल गल्फ टुरअन्तर्गतका कुनै प्रतियोगितामा उपाधि जितेनन् । भुवनकै शब्दमा भन्ने हो भने उनी ‘श्रीपेच विनाको राजा’ भएका छन् । यस सिजन […]

May 16, 2019

शुक्रलाई सूर्य नेपाल प्रिमियर उपाधि, भुवन नयाँ नम्बर १

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । शुक्रले व्यावसायिक गल्फर भुवन नगरकोटीलाई १ स्ट्रोकले हराउँदै सिजनको दोस्रो उपाधि हात पारेका हुन् । भुवन उपाधिविहिन भएपनि नेपालका नम्बर १ गल्फर बन्न भने सफल रहे । बिहीबार गोकर्ण गल्फ कोर्षमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गर्दै […]

May 16, 2019

सम्पादक तिमल्सिना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना बिहीबार गृह जिल्लामा सम्मानित भएका छन् ।  सम्पादक तिमल्सिनालाई बनेपा ब्वाइज क्लब (बीबीसी) ले नेपाल आइस बीबीसी कपको फाइनलका दौरान खेलकुद क्षेत्रको बिकास, विस्तार, र प्रचारका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । काठमाडौंमा रहि […]

May 16, 2019

तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन २९ मार्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करण आगमी २९ मार्चमा हुने भएको छ । हिमालय एक्सपिडिसन्सको आयोजनामा हुने म्याराथनमा नेपालसहित २९ देशका करिब २ सयभन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । सगरमाथा आधार शिविजरबाट सुरु भई नाम्चेबजारमा समापन हुने म्याराथनमा ओलम्पिक स्तरको ४२.१९५ किलोमिटरको फुल म्याराथन, ६० किलोमिटरको एभरेष्ट एक्सट्रिम […]

Success

Thank you for your time.