default_image

अन्य

March 2, 2019

अजित र राजपुरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् । अजितले निर्धा्रित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । […]

March 2, 2019

आर्मीका कृष्ण बस्नेतलाई म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत चौथो संस्करणको प्रधान सेनापति खुल्ला म्याराथनमा च्याम्पियन बनेका छन् । आर्मीका धावक बस्नेतले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्न सफल भएका हुन् । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार समेत गरे । आर्मीभित्र भने उनले कीर्तिमान […]

March 1, 2019

जुनियर जिएफए कप फुटसल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जुनियर जिएफए कप फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । काठमाडौं मन्डिखाटारस्थित ग्रासरुट फुटसल कोर्टमा दुई दिने प्रतियोगिता शुरु भएको हो । शुक्रबार यु–१० तर्फ र यु–१२ तर्फ समान ९ खेल सम्पन्न भए । जसबाट यु–१० तर्फ जोन डेबि, संस्कृति, काष्टमन्डप र विद्या संस्कारले सेमिफाइनलमा स्थान बनाए […]

March 1, 2019

मुल्मीको नेतृत्वमा स्नुकर संघ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको छैटौं साधारण सभाले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई ४ वर्षका लागि अध्यक्षमा शुक्रबार निर्विरोध चयन गरेको छ । शुक्रबार सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, उपाध्यक्षमा हीराकुमारी दाहाल (मिरा) […]

February 25, 2019

मदन भण्डारी रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोट्र्स एकेडेमी र रन क्लब नेपालको संयुक्त आयोजनामा शनिबार रोड रेस हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किलो मिटर स्कुल स्तरीय र खुल्ला रोड रेस शनिबार हुने जानकारी गराएको हो । रोड रेसको खुल्ला तर्फको रोड रेसको महिला र पुरुषको विजेताले समान २० हजार रूपैयाँ हात पार्नेछन् […]

February 25, 2019

स्पेनमा सुनिललाई स्वर्ण र रोशनलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आट्र्स च्याम्पियनसिपमा नेपालका सुनिल मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् । सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनिलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिषेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनिलले पुरुष ६३ केजीको […]

February 23, 2019

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले रजत महोत्सव मनायो

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले शनिबार आफ्नो स्थापना दिवसको २५औं वर्ष (रजत महोत्सव) मनाएको छ । जावलाखेलले चार टोलीसम्मिलित एक दिवसीय भेट्रान भलिबल प्रतियोगिता आयोजना गर्दै आफ्नो स्थापनाको रजत महोत्सव मनाएको हो । प्रतियोगितामा जावलाखेलको ‘ए’ र ‘बी’ टोली, भक्तपुर र काभ्रेगरी ७ टोलीले सहभागिता जनाएका थिए । विशुद्ध मनोरन्जनको लागि भएको […]

February 23, 2019

पिंकाथन हाफ म्याराथनमा कान्छीको ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं पिंकाथन हाफ म्याराथनमा ह्याट्रिक उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथन हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट […]

February 22, 2019

वृहस्पति र जेभियरको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले […]

February 21, 2019

फिस्लिङ ‘ए’ तेश्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियन

धादिङ (हाम्राे खेलकुद) – नेपाल कायक एन्ड ¥याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । ¥याफ्टिङ्ग च्याम्पियनसिप अन्तरगत भएको चार विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभरमा प्राप्त अंकलाई जोडी प्राप्त कुल अंकका आधारमा प्राप्त भएको समष्टिमा पनि विजयी हुँदै उसले च्याम्पियनसिप उचालेको हो । चितवनको फिस्लिङस्थित […]

Success

Thank you for your time.