default_image

अन्य

March 9, 2019

कान्छी र तीर्थलाई धरान रनको उपाधि

धरान (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजु र भारतीय सेनामा कार्यरत तीर्थ पुन आरती स्टिल धरान टेन के रन सातौ नेवपा च्यारिटीको खुल्लातर्फ च्याम्पियन बनेका छन् । कान्छी लगातार दोस्रोपटक च्याम्पियन बनेकी हुन् भने, तीर्थ लगातार चौथोपटक धरान रनको च्याम्पियन बन्न सफल भएका हुन् । तीर्थले धरान रनको निर्धारित १० किमी दूरी […]

March 8, 2019

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सुवासलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज २०१९ को उपाधि जितेका छन् । १६ वर्षीय सुवास व्यावसायिक गल्फरहरुलाई पछाडी पार्दै टुरको उपाधि जित्ने समग्रमा चौथो र उमेरमा कान्छो गल्फर बनेका छन् । शुक्रबार अन्तिम दिनको खेलमा सुवासले ३ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोरसहित उपाधि हात […]

March 7, 2019

ओलिभा र विपाशी स्क्वाट च्याम्पियन

काठमाठौं (हाम्रो खेलकुद) – दि फिजिक्स वर्कसपकी ओलिभा महर्जन र जिमखाना मुवाँ थाइकी विपाशी तुलाधार चौथो अन्तर क्लब स्क्वाट च्याम्पियनसिपमा पहिलो भएकी छन् । ओलिभा ६० केजी तौलसमूह मुनि र विपाशी ६० केजी तौल समूह भन्दा माथि च्याम्पियन बनेकी हुन् । आइडिया सप मिडिया एन्ड इन्टरटेनमेन्ट र जस्मिन फिटनेसले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना […]

March 7, 2019

सूर्य नेपाल च्यालेन्ज : रामे २ स्ट्रोकले अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – रामे मगरले सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन शीर्ष स्थानमा २ स्ट्रोकको अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै रामेले भुवन नगरकोटीसँग २ स्ट्रोकको अग्रता बनाएका हुन् । रामेले समग्रमा ५ अन्डर १ सय ९९ स्कोर जोडेका छन् । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन रहेका […]

March 7, 2019

युवा गल्फरद्वय सिंगापुर जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – उच्चस्तरीय प्रशिक्षण क्याम्प तथा प्रतियोगितामा सहभागिता जनाउन तीन सदस्यीय नेपाली गल्फ टोली शुक्रबार सिंगापुर प्रस्थान गर्ने भएका छन् । युवा गल्फर राहुल विश्वकर्मा र शाश्वत प्रधान नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सिंगापुरस्थित गल्फिङ ल्याब क्याम्पमा हुने प्रशिक्षण क्याम्प मार्च १६-२३ सम्म हुनेछ । यसबाहेक दुवै खेलाडीले मार्च […]

March 6, 2019

सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन भुवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भुवनकुमार रोक्काले सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन समग्रमा १ स्ट्रोकको अग्रता लिएका छन् । बुधबारको खेलमा ३ अन्डर ६५ जोडेका भुवनले समग्रमा ४ अन्डर १ सय ३२ अंकसहित शीर्षस्थान कब्जा गरेका हुन् । दोस्रो स्थानमा ३ अन्डर १ सय ३३ जोडेका एमेच्योर सुवास तामाङ रहेका छन् । सुवासले दोस्रो सिङ २ […]

March 6, 2019

दक्षिण एसियाली शारीरिक सुगठन असारमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा १२औं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता आउदो असारमा आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रोपटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारिरीक सुगठनको १२औं संस्करण असार ६ र ७ गते प्रज्ञा भवन, कमलादी, काठमाडौमा आयोजना गर्न लागिएको जानकारी गरायो […]

March 3, 2019

निर्भय नेपाल फिफा १९ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – निर्भय श्रेष्ठले नेपाल फिफा १९ च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । उपाधिसंगै निर्भयले १ लाख ५० हजार नगद पुरस्कार पाए । गेमिङ गराज नेपालले सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको प्रतियोगितामा सौगात गुरुङ दोश्रो तथा नुर्बु छेन्डु शेर्पा तेश्रो भए । सौगातले ७५ हजार र नुर्बुले ३० हजार नगद पुरस्कार हात पारे […]

March 3, 2019

झिल्टुङ क्रसकन्ट्री दुई सातापछि

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिप चैत पहिलो साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप यही चैत २ गते गराउने जानकारी गराएको हो । लियो क्लब अफ नुवाकोट र श्री महादेव स्कुलको संयुक्त आयोजनामा हुन […]

March 2, 2019

गोलरक्षक किरण र उपेन्द्रमान सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ग्रासरुट फुटसल एकेडेमी (जिएफए)ले राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँगै नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह र च्यासल युथ क्लबका गोलरक्षक सन्तोष महतलाई सम्मानित गरेका छन् । चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जिएफए कप फुटसल प्रतियोगिताको समापन दौरान तीनै गोलरक्षकलाई आयोजकले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेका हुन् […]

Success

Thank you for your time.