default_image

अन्य

March 17, 2019

अजितलाई एसियाली युथ एथलेटिक्समा ऐतिहासिक स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युथ एथलेटर अजित कुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका छन् । हङकङमा आइतबार बिहान भएको स्पर्धामा अजितले निर्धारित ३ किलोमिटर दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेण्डमा पार गर्दै स्वर्ण जित्न सफल भएको हो । उनले भारतका अमित जंगिरले ६ सेकेण्डले पछि पारे । […]

March 17, 2019

अर्याललाई अन्तराष्ट्रिय लाईन जजको मान्यता

काठमाडौं (हाम्रो खेलुकद) – ब्याडमिन्टन एशियाका अम्पायर उदय कुमार अर्याललाई बिश्व ब्याडमिन्टन महासंघले अन्तराष्ट्रिय लाईन जजको मान्यता प्रदान गरेको छ । अर्याललाई जनवरी १, २०१९ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ । सन् २००० मा जापनको क्योटो बाट ब्याडमिन्टन एशियाको अन्तराष्ट्रिय अम्पायरको मान्यता पाएका नेपाल […]

March 16, 2019

पुनम र बिमला एएसबीसी इलाईट बक्सिङलाई छनोट

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पुनम रावल, बिमला श्रेष्ठसहित चार खेलाडी एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको लागि छनोट हुन सफल भएको छ । छनोट हुनेमा बिमला र पुनमसहित पुरुषमा आशिष दवाडी र सुशिल थापा रहेका छन् । शनिवार भएको महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी बिमला श्रेष्ठले एपीएफकी माला राईलाई […]

March 16, 2019

फुरी र सूर्यलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका फुरी शेर्पा र रामेछापका सूर्य तामाङले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शनिबार सफलता हात पारेका छन् । फुरीले सिन्धुपाल्चोकका समुन्द्र लामालाई ३–० तथा सूर्यले ललितपुरका निशेष महर्जनलाई ३–१ को फ्रेममा पराजित गरे । त्यस्तै काभ्रेका किरण लामाले काठमाडौंका दीपजल ढुंगानालाई ३–१, ओखलढुंगाका शिव थापामगरले काठमाडौंका आइडेन गुरुङलाई ३–१, काठमाडौंका विकेश […]

March 16, 2019

झिल्टुङ क्रसकन्ट्रीमा किरण र पुष्पा च्याम्पियन, दुवैले बनाए नयाँ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपीएफका किरण बोगटी र पुष्पा भण्डारी तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिपमा नयाँ कीर्तिमानसहित च्याम्पियन बनेका छन् । नुवाकोटस्थित बेलकोटगढी वडा नम्वर ५ को आयोजनामा शनिबार भएको च्याम्पियनसिपमा किरणले आर्मीका होमलाल श्रेष्ठको तथा पुष्पाले सन्तोषी श्रेष्ठले राखेको कीर्तिमानलाई तोड्दै च्याम्पियन बनेका हुन् । करण च्याम्पियन बन्नेक्रममा एपीएफका […]

March 16, 2019

क्रस कन्ट्रिमा दीपक र लक्ष्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् । नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् । कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा […]

March 15, 2019

विश्व च्याम्पियनसिपमा डिगम्वरलाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले […]

March 15, 2019

अजितले एसियाली युथ एथलेटिक्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ । प्रशिक्षकको भूमिकामा धनीराम […]

March 15, 2019

टेनिस खेलाडी प्रणव शिखर इन्सुरेन्सको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – लनटेनिस खेलाडी प्रणव खनाल शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, थापाथलीको शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ […]

March 15, 2019

डाउनहिलमा सुमन र निस्मा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सुमन तामाङ र निस्मा श्रेष्ठ नवौं राष्ट्रिय एमटिबी डाउनहिल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्तिपार्कमा शुक्रबार नेपाल साइक्लिङ संघद्वारा आयोजित डाउनहिल च्याम्पियनसिपको पुरुषतपर्फ सुमन र महिलातर्फ निस्मा च्याम्पियन भएका हुन् । १ किलोमिटर डाउनहिलको दूरी सुमनले १ मिनेट २० सेकेन्डमा पूरा गर्दै पहिलो भए । सोही […]

Success

Thank you for your time.