default_image

अन्य

June 3, 2019

थ्री स्टार र स्पाइरल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र पोखराको स्पाइरल ग्यालेक्सी स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय÷कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेव र न्युटन हाइ स्कुल पनि अन्तिम चारमा पुग्न सफल भए । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबा भएको खेलमा थ्री स्टारले भक्तपुरको स्पिङडेल हाइ स्कुललाई ३–१ […]

June 3, 2019

समृद्धि गोरिल्लाजको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- समृद्धि गोरिल्लाजले राजधानीमा जारी वुमेन्स नेपाल बास्केटबल लिगमा लगातार तेस्रो जित निकालेको छ । टाइम्स इन्टरनेनल कलेज चारखालमा सोमबार भएको खेलमा समृद्धि गोरिल्लाजले साइपाल एकेडेमीलाई ४०–२२ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । समृद्धले यसअघि नेपाल पुलिस क्लब र आइएसओ काइटलाई पराजित गरेको थियो । पहिलो क्वाटरमा समृद्धिले […]

June 3, 2019

१३औं सागको विशेष प्रशिक्षणमा सात खेल थपिए

काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको सिलसिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दोस्रो चरणको विशेष बन्द प्रशिक्षणमा ७ खेलका १ सय ९ खेलाडीलाई समावेश गरेको छ । सोमबार समावेश भएका खेलाडीमा तेक्वान्दोका २३, कराँतेका २१, बक्सिङका १६, उसुका २२, पौडीका १६,फेन्सिङका ६ र गल्फका ५ जना रहेका […]

June 2, 2019

तेक्वान्दोमा पुनः कोईराला

काठमाडौं (हाम्रो खेलकुद) – शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय […]

June 2, 2019

स्पाइरल र विद्यामन्दिर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको स्पाइरल ग्यालेक्सी स्कुल र विद्यामन्दिर बाग्लुङ राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको खेलमा स्पाइरलले गीतान्जली कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । स्पाइरलले पहिलो सेट २५–२१ […]

June 2, 2019

पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलकी सावित्रा भण्डारीसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप र सावित्रासँगै भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल […]

June 2, 2019

पुलिसको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला बास्केटबल लिगमा फराकिलो जित निकालेको छ । टाइम्स इन्टरनेसनल कलेजमा आइतबकार बिहान भएको खेलमा पुलिसले साइपाल एकेडेमीमाथि ७५–४५ को फराकिलो जित निकालेको हो । पुलिसको सहज जितमा समीक्ष न्यौपानेले १२ अंकको योगदान दिइन् । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भइन् । […]

June 2, 2019

एबीसीलाई ‘दुर्गा एच टु क्लिन’ को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेल्ने तयारीमा रहेको अनुशाषित ब्वाइज क्लब (एबीसी) लाई ‘ दुर्गा एच टु क्लिन’ को प्रायोजन पाएको छ । ‘ दुर्गा एच टु क्लिन’ दुर्गा इन्जिनियरिङ एन्ड अटो वर्कस् प्रालिले ‘सी’ डिभिजन लिग छनोट खेल्ने एबीसी क्लबका […]

June 1, 2019

आर्मीको जित, समृद्धिको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद)-साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा जित हात पारेको छ । आर्मीले दि रोयल बास्केटबल टिमलाई ९७–८५ को स्कोरमा पराजित गरेको हो । यो जितसँगै आर्मीले एक खेल बाँकी रहँदा शीर्ष स्थानमा उक्लने सम्भावना बढाएको छ । लिगको अन्तिम खेलमा आर्मीले एएनके कीर्तिपुर […]

June 1, 2019

लेभल वान कोचेज कोर्समा रोशनी सर्वाेत्कृष्ट, मन्जु र सरोजलाई पुर्ण अंक

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षकको रुपमा रहेकी रोशनी राई ओलम्पिक सोलिडारिटी अन्तरगतको लेभल वान कोचेज कोर्षमा सर्वाेत्कृष्ट बनेकी छन् । नेपाल ओलम्पिक कमिटिको सहकार्य, नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा ५ दिनसम्म संचालन भएको कोर्समा ४० जना प्रशिक्षार्थीलाई पछि पार्दै रोशनी सर्वाेत्कृष्ट बनेको हो । उनले सैद्धान्तिक […]

Success

Thank you for your time.