default_image

अन्य

March 27, 2019

एपीएफ र न्यु डायमन्ड समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैठौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको समुह चरणको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ […]

March 27, 2019

पुर्व च्याम्पियन रीताद्धारा सन्यासको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टेबल टेनिसकी पुर्व नेपाल च्याम्पियन्स रीता मुखर्जी शाहले बुधबार खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् । पुर्व च्याम्पियन ७४ वर्षीय रीताले राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेकी हुन् । ‘मेरो खेल जीवनलाई सफल बनाउन सहयोग गर्ने परिवार, खेलाडी र प्रशिक्षक सबैमा आभार व्यक्त गर्न चाहन्छु,’ सन्यास […]

March 27, 2019

फुटसल विश्वकपका लागि नेपाली टोली बिहीबार अर्जेन्टिना जाने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा आयोजना हुने १२औं एएमएफएफ फुटसल विश्वकपका लागि नेपाली फुटसल टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । टोली दिउसो १२ बजेपछि अर्जे्न्टिना प्रस्थान गर्ने नेपाल फुटसल संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । अर्जे्न्टिना जाने १७ सदस्यीय टोलीलाई बुधबारै संघका पदाधिकारीहरुले बिदाई गरेको छ । फुटसल विश्वकप […]

March 27, 2019

भलिबल खेल्न क्रोएसिया जाने टिमलाई बिदाई

काठमाडौं नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेलन जाने नेपालको यु–१५ गल्र्स टोलीलाई बुधबार बिदाई गरिएको छ । क्रोएसियाको सोरेकमा हुने उमेर समूहको प्रतियोगितामा नेपालले गल्र्सतर्फ मात्र सहभागिता जनाउदै छ । शुक्रबार प्रतियोगितास्थल प्रस्थान गर्ने नेपाली यु–१५ टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ काजी, मदन […]

March 26, 2019

प्रिन्सको तेहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा मंगलबार तेहोरो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्स दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाईज यु–१७ मा जित निकाल्दै तीनै विधामा क्वाटरफाईनल प्रवेश गरेका हुन् । पुरुष एकलमा प्रिन्सले अन्तिम आठमा […]

March 26, 2019

भिआईपी प्याराफिट आइपुग्यो, जडानमा तीब्रता

नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]

March 26, 2019

स्नुकरमा नकआउट चरण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल मंगलबार सम्पन्न भएको छ । नकआउटको दोश्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५–१, सोम लामाले वान्छेन छापलाई ५–१, दीपक मगरले आयुश गौतमलाई ५–० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५–४ को फ्रेममा […]

March 24, 2019

अम्पायर तथा लाइन जज अर्याल हङकङमा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर तथा लाइन जज उदय अर्याललाई हङकङ ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङकङमा जारी तोङ युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका […]

March 23, 2019

निर्माणलाई १७ औं स्नुकर उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे । घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र […]

March 23, 2019

आयोजक दुप्चेश्वरलाई खुल्ला पुरुष भलिबलको उपाधि

नुवाकोट (हाम्रो खेलकुद) – आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटारले दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कल्याण माध्यमिक विद्यालय समुन्द्रटारमा शनिबार भएको फाइनलमा आयोजक दुप्चेश्वरले सोसल सर्भिसलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एकपक्षीय बनेको खेलमा दुप्चेश्वरले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो र तेस्रो सेट क्रमशः २५–२३ […]

Success

Thank you for your time.