default_image

अन्य

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

April 14, 2024

खम्बू नेपालकै पहिलो महिला आइए

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् । नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ । खम्बू ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने […]

April 14, 2024

अमेरिकामा दीपक र विप्लभ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दक्षिण एसियाली खेलकुद (साग) को आठौं र नवौं संस्करणका स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ र १३ औं संस्करणका स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठलाई सम्मान गरेको छ । एनएसीसीले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदानका लागि आयोजित विविध साँस्कृतिक कार्यक्रमका दौरान […]

April 13, 2024

बुद्धिचाल महासंघको अध्यक्षमा महर्जन निर्वाचित

ललितपुर (हाम्रो खेलकुद)- हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको अध्यक्ष निर्वाचित भएको छ। बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा भएको थियो । अध्यक्ष पदको लागि भएको निर्वाचनमा महर्जनले ४९ मत प्राप्त गर्दै विजयी भए । अर्का उम्मेदवार प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्ष इलामका दिपेन राई निर्विरोध […]

April 13, 2024

बारपाक र सहिद लखनलाई गोरखा भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद)– बारपाक सुलिकोट गाउँपालिकाले महिला र सहिद लखन गाउँपालिकाले पुरुषतर्फ प्रथम गोरखा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । महिलामा बारपाकले सहिदलखनलाई र पुरुषमा सहिद लखनले भिमसेन थापा गाउँपालिकालाई समान ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । शुक्रबार भएको फाइनलमा बारपाकले सहिद लखनलाई २५–१०,२५–१०,२५–१७ ले हराएको हो । पुरुषको […]

April 12, 2024

गण्डकी र बागमतीलाई भलिबल उपाधि

भरतपुर (हाम्रो खेलकुद) – प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताको भलिबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि जितेको छ । पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिम तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई सीधा सेटमा २५–२१, २५–१२, र २५–८ ले हरायो । लुम्बिनी […]

April 12, 2024

उषा र रविन वर्षको सर्वोत्कृष्ट भलिबल खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डमा पुलिसको वर्चश्व रह्यो।संघले आयोजना गरेको एनभिए अवार्डमा सर्वोत्कृष्ट अवार्डमा पुलिस क्लबका उषा र रविन समान ५० हजार रुपैयाँ प्राप्त गरे। वर्ष उदियमान खेलाडी अवार्ड महिलातर्फ न्यु […]

April 12, 2024

सद्भाव, जयवीर र आइस्टिना फाल्डो एसियाका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन्। सद्भाव समग्रमा १-अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेर समुह र समग्र च्याम्पियनसिपको उपाधि जित्न सफल रहे। आज १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले […]

April 11, 2024

सागरको थाइल्यान्डमा रचे ३ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १ सय ९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् । सागरले स्न्याचमा १ सय ३४ केजी, क्लिन एन्ड जर्कमा १ सय ७२ केजी […]

April 11, 2024

अन्तरप्रदेश खेलकुद– बागमती अगाडि

भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष […]

Success

Thank you for your time.