default_image

अन्य

April 20, 2019

सुटिङ: अस्मिता शीर्ष स्थानमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् । प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी […]

April 20, 2019

आशिष र सरस्वतीलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए । दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा […]

April 20, 2019

देवी, प्रकाश र कमलाको राष्ट्रिय कीर्तिमान

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तरगत शनीबार महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम […]

April 20, 2019

पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) आठौं अन्तर्गत पुरुष एकल कतामा नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मन्डेले फाइनलमा प्रदेश ७ का ललित खत्रीलाई ५–० ले हराए । त्यसअघि मन्डेले आर्मीका पर्शुराम बास्तोलालाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । एपीएफका अनिल चौधरीले कास्य जिते । स्वर्ण जितेपछि मन्डेले अहिलेसम्मकै […]

April 20, 2019

रत्नजितलाई पराजित गर्दै दिपेश नयाँ राष्ट्रिय च्याम्पियन

दाङ (हाम्रो खेलकुद) – शीर्ष वरीयताको त्रिभुवन आर्मी क्लबका रत्नजित तामङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । आठौं अन्तर्गत भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ च्याम्पियन बन्दै नयाँ ईतिहास रचेका हुन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले […]

April 19, 2019

भारोत्तोलनः एकै दिन ११ नयाँ राष्ट्रिय किर्तिमान

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भारोत्तोलनमा पहिलो दिन नै ११ नयाँ कीर्तिमान बनेका छन् । नेपालगन्जको नगरभवनमा जारी भारत्तोलन प्रतियोगिताको पहिलो दिन महिलातर्फ ६ वटा र पुरुष तर्फ ५ वटासहित कुल ११ नयाँ राष्ट्रिय कीर्तिमान बनेको हो । ४५ केजीमा आर्मीकी रीता गुरुले स्न्याचमा ४५ केजी, क्लिन एण्ड जर्क ५० र […]

April 19, 2019

आर्चरीः छनोट चरण सम्पन्न

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका असिम शेरचन, […]

April 19, 2019

चन्द्रकलाको अर्को कीर्तिमान

दाङ (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् । पहिलो […]

April 19, 2019

रत्नजित र दिपेश उपाधिका लागि भिड्ने

दाङ (हाम्रो खेलकुद) – आठौं अन्र्तगत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको फाइनलमा परम्परागत प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र अर्काे विभागीय टोली एपीएफका दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ । घोराही कभर्डहलमा शुक्रबार भएको पुरुष एकलमा आर्मीका रत्नले प्रदेश ७ का युवा स्टार प्रिन्स दाहाललाई तथा एपीएफका दिपेश धामीले प्रदेश १ का […]

April 18, 2019

जुडो टोली युएई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली जुडो टोली एसियन प्यासिफिक जुडो च्याम्पियनसिपको लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । एसियन प्यासिफिक जुडो च्यामिपयनसिप २० अप्रिलबाट २३ अप्रिलसम्म युएईस्थित फुजैराहमा हुदैछ । नेपाली टोलीमा मनिता श्रेष्ठ ‘प्रधान’, इन्द्रबहादुर श्रेष्ठ, सुमित्रा राई र मोहन बम रहेका छन् । टिम प्रशिक्षक तथा म्यानेजरमा सुर्य नारायण श्रेष्ठ रहेका […]

Success

Thank you for your time.