default_image

अन्य

April 26, 2019

वुमन्स नेपाल बास्केटबल लिगको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पिडिसिएन) ले पुरुष नेपाल बास्केटबल लिगसँगै महिला नेपाल बास्केट लिग आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौंमा आज एक पत्रकार सम्मेलन गर्दै आयोजक पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन) ले प्रतियोगिता बारे जानकारी दिएको छ । वुमन्स नेपाल बास्केटबल लिग जेठ १५ देखी असार ७ गते सम्म हुने […]

April 25, 2019

पोखरामा एसियन कप ट्राइयाथलन हुने

काठमाडौं (हाम्रो खेलकुद) –नेपालमा पहिलो पटक एयिसन कप ट्राइयााथलन च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता शनिबार हुनेछ । नेपाल ट्राइथोलन संघले अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने बताइएको छ । पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल […]

April 25, 2019

एमेच्योर टंकलाई एनपीजीए टुर च्याम्पियनसिप

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर खेलाडीहरुले व्यावसायिक प्रतियोगिता जित्ने सिलसिलालाई निरन्तरता दिँदै टंकबहादुर कार्कीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । बिहीबार गोकर्ण गल्फ कोर्षमा १ अन्डर ७१ सहित समग्रमा ४ अन्डर २ सय ८४ स्कोरसहित टंकले च्याम्पियनसिप उपाधि जितेका हुन् । उनले दोस्रो स्थानमा रहेका व्यावसायिक गल्फर संजय लामालाई ३ स्ट्रोकले पछाडी […]

April 25, 2019

खजुराले धनगढीलाई हरायो

अत्तरिया (हाम्रो खेलकुद) – प्रथम बिवाइसी मेयर कपअन्तर्गत बिहीबारको खेलमा खजुरा गाउँपालिका बाँकेले धनगढी उपमहानगरपालिकालाई २-१ ले पराजित गरेको छ । खेल सुरु भएको १५ औ मिनेटमा खजुरा गाउपालिका बिक्रम ठकुरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको खेलमा एक गोलले पछि परेको धनगढीका लागि दोस्रो हाफको ५३ औं माधव भण्डारीले गोल गरे […]

April 24, 2019

ब्याडमिन्टन एसियामा नेपालको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – चीनको वुहानमा जारी ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०१९ मा नेपालको चुनौती समाप्त भएको छ । बुधबार शीर्ष वरीयताका रत्नजित तामाङ पुरुष एकलको दोस्रो चरणमा तथा पुरुष डबल्स्मा रत्नजित तामाङ र दिपेश धामी जोडी पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो । पुरुष एकलमा रत्नजित दोस्रो चरणमा हङकङका वङ विङकि भिन्सेन्टसँग २–० को सोझो […]

April 24, 2019

प्रिन्स योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनलको चौथो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ को चौथो चरणमा प्रवेश गरेका छन् । बैंककमा भएको तेस्रो चरणको खेलमा प्रिन्सले मलेसियाका स्यामुइल लिलाई २–१ को सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाएका हुन् । प्रिन्सले पहिलो सेट २१–१० ले सहजै जितेपनि दोस्रो […]

April 24, 2019

नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २०-२७ सम्म गण्डकी प्रदेशमा

नेपालगन्ज (हाम्रो खेलकुद) – नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पितामवर तिम्सिनाको अध्यक्षतामा बुधबार बसेको राखेपको बोर्ड बैठकले नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई सुम्पदै प्रतियोगिता २०७७ फागुन २० देखि २७ गतेसम्म गराउने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद […]

April 24, 2019

भलिबलमा एपीएफ र पुलिस च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं अन्तरगत भलिबलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले स्वर्ण जितेका छन् । एपीएफले महिलातर्फ र पुलिसले पुरुषतर्फ स्वर्ण जित्न सफल भएको हो । महिलामा पुलिस र पुरुषमा एपीएफले कास्य जित्न सफल भयो । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा एपीएफले प्रदेश ३ माथि ३–० को सोझो […]

April 24, 2019

प्रिन्स दोस्रो चरणमा जापानी खेलाडीसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ को पुरुष यु–१९ को दोस्रो चरणमा जापानी खेलाडीसँग पराजित भएको छ । पहिलो चरणमा मंगलबार थाइल्यान्डका खेलाडीलाई पराजित गरेको प्रिन्स बुधबार दोस्रो चरणमा जापानी खेलाडी सोतारो इनामिट्सुसाग २–१ को सेटमा पराजित भएका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेट […]

April 23, 2019

प्रिन्सलाई जुनियर इन्टरनेसनल ब्याडमिन्टनमा अर्काे सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल थाइल्यान्डको बैंककमा जारी सिंगा–रोजा बिटीवाई जुनियर इन्टरनेशनल च्यालेन्ज–२०१९ मा अर्काे सफलता हात पारेको छ । प्रिन्सले यु–१९ ब्वाइजतर्फ थाइल्यान्डका अखराफाट भन्नाचारोइनभ अङलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गर्दै अर्काे सफलता हात पारेका हुन् । उनले थाइल्यान्डका खेलाडीमाथि २१–१२ र २५–२३ को […]

Success

Thank you for your time.