default_image

अन्य

August 16, 2019

माल्दिभ्स टोली नेपालमा, ३ टोली आजै आउने

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली शुक्रबार नेपाल आइपुगेका छन्। माल्दिभ्स भलिबल टोली शुक्रबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुगेका थिए । आजै अन्य तीन टोली पनि नेपाल आइपुग्ने नेपाल […]

August 15, 2019

तारा र पुकार स्ट्रङगेस्ट खेलाडी, ४७ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रङगेस्ट तेश्रो ओलम्पियन सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारादेवी र पुकारले ब्यानेटका १० हजार, ट्रफी, प्रमाण पत्र प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी. तथा […]

August 15, 2019

सर्वाधिक धनराशिको पुरुष भलिबल भदौ अन्तिम साता

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको छ । काठमाडौं […]

August 15, 2019

नेपाल स्ट्रङगेस्टमा संगिता र संजु बेष्ट लिफ्टर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका संगिता राई सिनियरतर्फ र सोही क्लबकी संजु चौधरी जुनियरतर्फ महिला वेष्ट लिफ्टर घोषित भएसँगै नेपाल स्ट्रङगेस्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता बुधबार सम्पन्न भएको छ । काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौ […]

August 14, 2019

नेपालको पहिलो खेल ताजिकिस्तानसँग

काठमाडौं (हाम्रो खेलकुद) – २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग खेल्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार निकालेको सार्वजनिक ‘ड्र’ अनुसार नेपालले अक्टोवर २३ मा ताजिकिस्तानसँग पहिलो खेल खेल्ने भएको हो । सेन्ट्रल र साउथ जोन अन्तरगत नेपाल रहेको समूह ‘ए’ मा उज्वेकिस्तान र […]

August 14, 2019

भलिबल टोलीको एक वर्षपछि अन्तर्राष्ट्रिय खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले करिव १ वर्षपछि आज अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि नेपालले आज अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । नेपालले गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्समा भलिबलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता, नेपाली टोलीले […]

August 13, 2019

संगिताको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ […]

August 13, 2019

आठौंका स्वर्णधारी मन्डे अस्पतालमा

काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय खेलाडी तथा आठौं बृहत राष्ट्रिय खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । ज्वरो र ठेउलाका कारण उनी आइतबार नै त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा भर्ना भएका हुन् । रिकभरी भइरहेका कारण बुधबार डिस्चार्ज हुने मन्डेले हाम्रो खेलकुदलाई जानकारी गराए । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका […]

August 13, 2019

एभीसी सेन्ट्रल जोन भलिबलको तयारी अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघले नेपालको भलिबल इतिहासमै पहिलोपटक हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणका पुगेको जानकारी गराएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भाद्र २ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी द्रुत गतिमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । […]

August 12, 2019

एसिया प्यासिफिक च्याम्पियनसिपमा तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ […]

Success

Thank you for your time.