default_image

अन्य

June 20, 2019

टोखामा नगरस्तरीय अन्तर विद्यालय खेलकुद हुने

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि आयोजना हुने भएको छ । विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना गर्न लागेको टोखा नगरका मेयर प्रकाश अधिकारीे जानकारी गराए । प्रतियोगितामा पुर्व प्राथमिक विद्यालयदेखि कक्षा १० सम्म विभिन्न चार खेलमा प्रतिस्पर्धा […]

June 20, 2019

राई राष्ट्रिय टिम तयारी निर्देशक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र कुमार राई नियुक्त भएका छन् । खेलकुद बिज्ञान प्रतिष्ठानमा उपनिर्देशक रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहने गरि असार ४ गतेबाट लागु हुने गरि रिक्त रहेको निर्देशक पदमा नियुक्त गरेको सदस्य सचिव केशव कुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ । २०५२ […]

June 20, 2019

टफिचु जुनियर च्याम्पियन्स कप सुरु

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप अन्तर विद्यलायस्तरीय फुटसल प्रतियोगिता बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । बुधबारदेखि नै यु–११ तर्फको विधाका खेलहरु शुरु भएपनि यसको औपचारिक उद्घाटन बिहीबार नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले गरेका थिए । सामाखुशी फुटसलबाट यु–११ तर्फ आरआइबिएस, राजन मेमोरियल वियजी भएका छन् । यु–१३ मा […]

June 20, 2019

मानबहादुर र दिलको जोडीको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)- विभागीय त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले कर्णाली प्रदेश ‘बी’ लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पुलिसका चन्द« कुंवर र तोरण चन्दको जोडीले पुरुषतर्फको स्पर्धामा […]

June 20, 2019

अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ

काठमाडाैं (हाम्राे खेलकुद) – एनएसजेफ पल्सर स्पाेर्टस अवार्डले सह- प्रायाेजनकाे रुपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सकाे साथ पाएकाे छ । अवार्ड असार १७ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ । मञ्चले बिहीबार घाेराही इन्डस्ट्री प्रालिकाे उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्ससँग सह-प्रायाेजन सम्झाैता गरेकाे हाे । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र घाेराही सिमेन्टकाे निर्देशक आदित्य सांघाईले […]

June 19, 2019

श्रेष्ठ साटाको अध्यक्षमा पुनः निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको ग्योङ्जु शहरमा आज भएको साटाको चुनावी साधारण सभाले निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय टोली निर्वाचित भएको हो । निलेन्द्र उनी यसअघि पनि अध्यक्षमै रहेका थिए । उपाध्यक्षमा माल्दिभ्सका […]

June 19, 2019

एसियन कुराँशमा कृतिलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद)– कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा चित्त बुझाउनु परेको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन् । उनका अनुसार त्यो तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा […]

June 18, 2019

प्रदेश स्तरीय तेक्वान्दो यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता यही असार ६ गते शुक्रबार र ७ गते शनिबार दुई दिन हुने जानकारी गराएको हो । सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा […]

June 17, 2019

एपीएफलाई उपमेयर कप महिला भलिबलकाे उपाधि,सरस्वती सर्वाेत्कृष्ट

नुवाकाेट (हाम्राे खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । विदुर नगरपालिका वडा नम्वर १ काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित […]

June 17, 2019

न्यू डायमन्ड र एपीएफ उपाधिका लागि भिड्दै

नुवाकोट (हाम्रो खेलकुद) – नुवाकोटमा जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमी र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब  भिड्दैछन्  । खेल, जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुनेछ ।  यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एपीएफले भने […]

Success

Thank you for your time.