August 27, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा फेरि पनि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । चार वर्षअघि पनि यी दुईबीच प्रतिस्पर्धा हुँदा जीवनरामले बाजी मारेका थिए । नयाँ कार्यसमितिका लागि भदौ २० गते निर्वाचन मिति तय गरिएको छ । त्यसका लागि उम्मेदवारी दर्ता भने मंगलबार राखिएको थियो । […]
August 27, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – काठमाडौं म्याराथन १३ औं संस्करण पुसमा आयाेजना हुन भएको छ। आयाेजक प्रो स्पोर्टस प्रा लि ले राजधानीमा मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि म्याराथनकाे १३अौं संस्करण डिसेम्वर २१ (पुस ५ गते ) मा आयाेजना हुने भएकाे जानकारी गराएकाे छ। प्राे स्पाेर्टस्ले यसअघि दशैं अघि आयाेजना गर्ने भएपनि यसपटक केही ढिला गरि आयाेजना […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदैछ । सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षेत्री तथा […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरेका छन् । करिब २० हजार मुल्य बराबरको जर्सी निमित्त सदस्य–सचिव गुरुङले खेलाडीलाई हस्तान्तरण गरे ।
August 26, 2019
प्रकाश तिमल्सिना काठमाडौं – राजनीतिक नियुक्तीबाट खेलकुद क्षेत्रमा प्रवेश गर्ने पदाधिकारीको अर्को गन्तव्य नेपाल ओलम्पिक कमिटी (एनओसी) हुने गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य देखि सदस्य सचिवको नियुक्ती एक पटकका लागि ४ वर्षको हुन्छ । दोस्रो पटक नियुक्ती हुने मौका कमैले पाउँछन् । एनओसी नेपालको हकमा त्यस्तो खेल संस्था हो जहाँ लामो […]
August 26, 2019
दिपक न्यौपाने बुल्गेरिया – अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्डबाट सम्मान गरेको छ । बुल्गेरियाको प्लभडिभ शहरको एक होटलमा सोमबार एक कार्यक्रमकाबीच आइटिएफको २७औं कंग्रेसले धमलालाई अवार्डबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएएचसिए) को टोली संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता युएइको अजमान शहरको अजमान ओभल एमसीसी र अल बाटाया ग्राउन्डमा २६ देखि ३० अगस्टसम्म आयोजना हुदैछ । यस प्रतियोगितामा […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेको छ । २३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेको हो । स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक […]
August 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना भएके एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएको लैनचौर तेक्वान्दो डोजाङले ६ स्वर्ण र १ रजतसहित ७ पदक जितेको छ । तीन दिने च्याम्पियनसिप २३-२५ अगस्टसम्म भएको च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्दा सबैले पदक जित्न सफल भएका हुन् । ३७ […]