default_image

अन्य

June 24, 2019

क्योकुसिन करातेमा समिरलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद)– समिर खड्गीले म्यानमारमा सम्पन्न दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । म्यानमारको रंगुनमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्य पदक जितेको टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समिरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका […]

June 24, 2019

१३औं साग तयारी बारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) -यसै वर्ष नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं […]

June 24, 2019

बिनिता र दिल बिच भलिबलमा सर्वाेत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपीएफकी बिनिता बुढाथोकी र आर्मीका दिल सुनार पोखरामा सम्पन्न सातौ पुरुष तथा छैटौं महिला राष्ट्रिय बिच भलिबलमा सार्वेत्कृष्ट खेलाडी बनेका छन् । बिनिताले आफ्नो टोली एपीएफलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै आर्मीलाई च्याम्पियन बनाउन दिलले पनि उच्च प्रदर्शन गरेका थिए । आर्मीले सोमबार बिहान गण्डकी ‘बी’ लाई […]

June 24, 2019

बिच भलिबल : आर्मी र एपीएफ च्याम्पियन’

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले पुरुष तथा महिलातर्फ बीच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरामा सोमबार भएको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारसम्मिलित आर्मी ‘ए’ ले राजु विक र अनिल मगर सम्मिलित गण्डकीलाई २-१ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले २१-१६ […]

June 24, 2019

बिनिता र नेविकाकाे जाेडीलाई महिला बिच भलिबल उपाधि

पाेखरा (हाम्राे खेलकुद) – बिनिता बुढाथाेकी र नेविका चाैधरीकाे जाेडी नेपाल एपिएफ ‘ए’ ले छैटाै राष्ट्रिय महिला बिच भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । फेवाताल किनारकाे काेर्टमा साेमबार बिहान भएकाे खेलमा बिनिता र नेविकाकाे जाेडीले निता कुमारी शाह र काेपिला उप्रेतीकाे जाेडी नेपाल पुलिस ‘ए’ लाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे […]

June 23, 2019

सुवेदी भलिबल संघ उपाध्यक्षमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– कुमारराज सुवेदी नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । संघको केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्षमा मनोनित गरेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । विधार्थीकालदेखि भलिबलमा सलग्न रहेका सुवेदीले देशको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका आफु लाग्ने वचन दिएका छन् । आफ्नो अनुभवको भलिबल विकासमा लगाउने गोकर्णेश्वरका सुवेदीले […]

June 23, 2019

ब्याडमिन्टनमा निर विक्रमलाई अष्ट्रेलियामा अर्काे स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले अष्ट्रेलियामा अर्काे स्वर्ण जित्न सफल भएको छ । एक साताअघि ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण हात पारेको निरले शनिबार ‘गोसेन ब्रिसवन ग्राडेड च्याम्पियनसिपको पुरुष एकलमा स्वर्ण जित्न सफल भएका हुन् । उनले अष्ट्रेलियाका इमफरेइम स्टेफनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि […]

June 22, 2019

२० पदकसहित प्रदेश ३ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेश ३ प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ । सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा शनिबार सम्पन्न भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेश ३ ले ८ स्वर्ण, ५ रजत र ७ कास्यगरी कुल २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको हो प्रदेश २ ले ५ […]

June 22, 2019

सुनिल र अंशिका पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको मिनि म्याराथनमा पहिलो भएका छन् । भुतखेल मैदानमा शनिबार बिहान भएको मिनि म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो । दुवै लक्ष्मीपुर स्कुलका हुन् । पुरुषमा रोना […]

June 22, 2019

नीता र कोपिलाको जोडी बीच भलिबलको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- पुलिस ‘ए’ की कोपिला उप्रेती र नीता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा पुलिसका कोपिला र नीताको जोडीले आर्मीकी मनिसा खाँड र पुष्पाको जोडिलाई २१–११ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाईनल खेल भने पुलिसका […]

Success

Thank you for your time.