default_image

अन्य

June 28, 2019

लनटेनिस टोली शनिबार थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास पाण्डे, प्रीति गौतम, साहिल थापा, सलिना गौचन र रोहित रानाभाट सहभागी हुन नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका […]

June 28, 2019

मोर्गनलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मोर्गन इन्टरनेसनल कलेजले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो सफलता हात पारको छ । बसुन्धारास्थित घरेलु कोर्टमा ब्वाइजतर्फ मोर्गनले इन्फ्यान्टलाई ४६–३७ ले पराजित ग¥यो । मोर्गनको जितमा सुमन कार्कीले १४ अंक योगदान दिए । गल्र्समा प्रजिता कार्कीको १५ अंक सहयोगमा मोर्गनले बर्न हार्टलाई ४६–२५ ले हरायो । […]

June 28, 2019

सुकमानलाई जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – उमा कुङफु बूढानीलकण्ठ क्लबका प्रमुख प्रशिक्षक सुकमान लामालाई नेपालमा लायन एन्ड ड्रागन डान्सको तालिम गराउन चीनको ग्वाङझाव विश्वविद्यालयले जिम्मेवारी प्रदान गरेको छ । क्लबको आयोजनामा भएको लायन एन्ड ड्रागन डान्स तालिमको समापनका अवसरमा शुक्रबार उप प्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले ग्वाङझाव विश्वविद्यालयबाट प्राप्त पत्र सुकमानलाई हस्तान्तरण गरे । १५ दिने […]

June 28, 2019

करातेलाई केल्मी नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको  खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले करातेलाई पनि प्रायोजन गरेको छ । केल्मी नेपालले कराते टोलीलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो । नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिबीचमा शुक्रबार सम्झौता भएको छ । नेपाली फुटबलमा […]

June 27, 2019

आर्मीको भलिबल प्रशिक्षकबाट श्रेष्ठको राजीनामा

प्रकाश तिमल्सिना, काठमाडौं वरिष्ठ भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले त्रिभुवन आर्मी क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक समेत रहि सकेका श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजनीनामालाई सेनाले स्वीकृति गरेको हो । ‘उहाँले व्यक्तिगत कारण देखाउँदै इमेलमार्फत राजीनामा दिनुभएको थियो ,’ सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति शशीकिरण रायमाझीले […]

June 27, 2019

एसियन पदक जित्ने समिर स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपका कास्य पदक विजेता समिर खड्गीलाई बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । म्यानमारको रङ्गुन शहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कास्य पदक जितेका थिए । कीर्तिपुरस्थित पुष्पसदन स्कुलमा कक्षा ९ मा अध्यायनरत समिर लगायत नेपाली टोलीका प्रमुख राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल […]

June 27, 2019

पल्सर स्पोर्टस् अवार्डको सह–प्रायोजकमा क्राउन प्लाजा

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड इन एसोसिएसन विथ एक्सन स्पोर्टस् एचडी पावर्ड बाई गोल्ड स्टारमा होटल क्राउन प्लाजा सह प्रायोजकका रुपमा आबद्ध भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र होटल क्राउन प्लाजाबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको छ । क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ र मन्चका अध्यक्ष देवेन्द्र सुवेदीले सम्झौता पत्रमा […]

June 27, 2019

दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो भदौमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आयोजना गर्ने भएको छ । सेप्टेम्बर ६ र ७ (भदौ २० र २१) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक नेसाले डोटा-२ र सीएस-गोका ५ खेलाडी सम्मिलित […]

June 27, 2019

‘एपेक्स गेमर्स कनेक्ट २०१९’ शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एपेक्स कलेजको आईटी क्लबको आयोजनामा वर्षेनी आयोजना हुँदै आएको एपेक्स गेमर्स कनेक्टको सन् २०१९ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । अन्तर कलेज डोटा-२ प्रतियोगिता मुख्य आकर्षण रहेको कार्यक्रममा १२ टोलीको सहभागिता रहेको छ । विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १० हजारमा चित्त बुझाउनेछ । यससँगै एपेक्स कलेजकै विद्यार्थीबीच […]

June 26, 2019

सरस्वती र लक्ष्मीपुरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती मावि र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोलीले टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीतर्फको उपाधि जितेका छन् । सरस्वतीले ब्वाइजमा तथा लक्ष्मीपुरले गल्र्समा उपाधि जितेका हुन् । टोखास्थित भुतखेल मैदानमा बुधबार भएको ब्वाइजको फाइनल खेलमा सरस्वतीले ओडिसी एकेडेमीमाथि १ को ट्राइमा पराजित गरेको हो । […]

Success

Thank you for your time.