default_image

अन्य

July 2, 2019

क्यारेबियनलाई डोटा-२ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन कलेजले एपेक्स गेमर्स कनेक्ट २०१९ अन्तर्गत डोटा-२ को उपाधि जितेको छ । आइतबार मध्ये बानेश्वरस्थित एपेक्स कलेज परिसरमा भएको फाइनलमा आईएसएमटीको चुनौती पन्छाउँदै क्यारेबियन च्याम्पियन बनेको हो । उपाधिसँगै क्यारेबियनले २५ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता आईएसएमटीले १० हजार रुपैयाँमा चित्त बुझायो । १२ कलेज सहभागी रहेको प्रतियोगिता ३ […]

July 1, 2019

पल्सर स्पोर्टस अवार्डको तयारी पुरा , को को बन्लान् उत्कृष्ट ?

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेल क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सबै तयारी पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । अवार्डको १६ औ संस्करण भोली (असार १७ गते ) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ । अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने […]

July 1, 2019

विवादबीच कुस्ती संघ पुर्नगठन, अदालत जाने राणाको तयारी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुस्ती संघको विवाद पुनः बल्झिने सम्भावना बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन कुस्ती संघको पूर्नगठन गरेको जानकारी राखेपले सोमबार पत्रकार सम्मेलनमार्फत गराएको छ । राज माहेम्मद मिया अन्सारी अध्यक्षको अध्यक्षतामा राखेपले असार ९ गते संघ पूर्नगठन गरेको बताइएको छ । […]

June 30, 2019

युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– इटालीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा नेपाली खेलाडीले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्नेछन् । नेपोलीमा जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा ८ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । युनिभर्सियाडमा भाग लिने तेक्वान्दो खेलाडीमा सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ, अश्मिता खड्का र उमेश राज […]

June 29, 2019

युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइटलाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम ललितपुर ४ युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइट स्पोट्सले जितेको छ। धोविघाट फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै इलाइटले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सिमित भएपछि ढुकू ३० हजार रुपैयाँमा चित्त बुुझाउन बाध्य भयो । प्रतियोगिताको उत्कृष्ठ प्लेयर […]

June 29, 2019

नेटबलको अध्यक्षमा नागर्जुनका मेयर बस्नेत

काठमाडौं (हाम्रो खेलकुद) – मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नेपाल नेटबल संघको केन्द्रिय समिति शनिबार निर्विरोध चयन भएको छ । संघको दोस्रो साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर बस्नेतलाई निर्वारोध अध्यक्ष निर्वाचित गरेको हो । उपाध्यक्षमा महेश नेपाली,अनिता बिन्दु,राजु बमनु,जनक प्रसाद न्यौपाने र शैलेन्द्र चीलुवाल चयन भएका छन् । महासचिवमा दीपक लामा, सचिवमा सुजाता थापा, कोषाध्यक्षमा […]

June 29, 2019

रोशन र आइसा राष्ट्रिय आर्चरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रोशन नगरकोटी र आइस तामाङ लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । रोशन पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअल मा तथा आइसा रिकर्भ महिला इन्डिभिजुअल च्याम्पियन बन्न सफल भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार रोशन नगरकोटीले कास्कीका असिम […]

June 29, 2019

ललितपुर बक्सिङमा सिंहको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – ललिपुर बक्सिङ संघका तेश्रो साधारण सभाले महेश सिंहको नेतृत्वमा ८ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । विशेष साधारणसभाले उपाध्यक्षमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापामगरलाई निर्विरोध निर्वाचित गर्यो । जिल्ला संघको सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो चयन भए । सदस्यमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाल चुनिए […]

June 28, 2019

तेक्वान्दोको खेल सामग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले यस प्रदेश अन्तरतग रहेका १३ वटा जिल्लालाई खेल सामग्री प्रदान गरेको छ । करिव १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रायोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतथी मल्होत्राले नेपाली तेक्वान्दोको […]

June 28, 2019

असिम र आइसा इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका असिम शेरचन र विभागीय त्रिभुवन आर्मी क्लबकी आइसा तामाङ राजधानीमा शुक्रबारबाट शुरु भएको लक्ष्मी कुमार श्रेष्ठ मेमोरियल छैटौ इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा असिम पुरुषतर्फको रिकर्भ मेन्स इन्डिभिजुअलको तथा आइसा रिकर्भ महिला इन्डिभिजुअलको फाइनलमा प्रवेश गर्न […]

Success

Thank you for your time.