default_image

अन्य

July 12, 2019

बक्सिङले बनाएका ‘नागरिक’

सुबास हुमागाईं, काठमाडौं कुनैपनि खेलाडीको लागि राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्नु सबैभन्दा ठूलो सपना हुन्छ । यसका लागि खेलाडीले राष्ट्रिय स्तरको च्याम्पियन बन्न निकै मिहिनेत गरेका हुन्छन् । तर केहि यस्ता पात्र पनि छन् जसले राष्ट्रिय च्याम्पियन बनेपनि अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको प्रतिनिधित्व गर्न पाएनन् । कारण उनी नेपाली भएर पनि नेपाली […]

July 9, 2019

सान कराते टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना हुने कराते च्याम्पियनसिपमा भाग लिने भएका छन् । असार २५ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा विमला नेपाली (एकल काता) अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बिकले काता र कुमुते दुवैमा प्रतिस्पर्धामा गर्नेछन् । त्यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि […]

July 8, 2019

सिलवाल राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै उनलाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयपछि मन्त्री विश्वकर्माबाट आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले […]

July 8, 2019

कराते टोलीले थाइल्यान्डमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने खुला कराते च्याम्पियनसिपमा भाग लिन १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डको बैंककमा असार २५ देखि २९ गते सम्म हुने प्रतियोगितामा ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी),सनि तामाङले (६८ केजी) ले […]

July 8, 2019

सागको तयारीका लागि बक्सिङ टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको लागि १७ खेलाडीसहित २१ सदस्यीय नेपाली बक्सिङ टोली प्रशिक्षणका लागि सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ । झन्डै २ महिनाको प्रशिक्षणका लागि थाइल्याण्ड जाने खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, […]

July 7, 2019

सिलवाललाई राखेपको सदस्य बनाउन भलिबल संघको सिफारिस !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव बन्ने तयारीमा रहेका रमेश सिलवाललाई नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तीका लागि सिफारिस गरेको छ । संघको आइतबार बसेको कार्य सम्पादन समितिले सिलवाललाई सदस्य बनाउन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई सिफारिस गर्ने निर्णय गरेको श्रोतले बताएको छ । अबको केहि घन्टामा परिस्थिति बदलिएन […]

July 6, 2019

चौथो र आठौं राष्ट्रिय खेलकुदका स्थानिय नायक सम्मानित

नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]

July 6, 2019

च्यारिटी गल्फ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गोप चित्रकारले गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ‘वी आर अल एबल’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोपालले ४२ अंक जोड्दै ४१ अंक जोडेका दिपक कार्कीलाई पछाडि पारे । उनले काठमाडौंबाट सिंगापुरको दुईतर्फी हवाई टिकट प्राप्त गरे । उनले उक्त टिकट च्यारिटीलाई हस्तान्तरण गर्ने गरी बोलकबोलमा राखे […]

July 3, 2019

कुस्ती विवाद उत्कर्षमा : ‘लिखित सहमति भएकै छैन’ – राणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको संयोजक पिताम्वर तिम्सिनाले अस्तित्वमा रहेका दुई संघको सहमतिमै राजमोहम्मद अन्सारीको अध्यक्षतामा कुस्ती संघ पुनर्गठन गरिएको गत सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । तर, राष्ट्रिय संघ विवाद समस्या तथा समाधान सहजीकरण समितिको पहलमा दुई संघहरु मिलाएर अघि बढ्ने […]

July 3, 2019

बिच भलिबल टोलीको प्रारम्भिक छनोटमा १२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगमी असोजमा माल्दिभ्समा आयोजना हुने एसियन बिच भलिबल र नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको बिच भलिबलका लागि प्रारम्भिक टोलीमा १२ खेलाडी छनोट गरेको छ । खेलाडी छनोट समितिका संयोजक याम बहादुर गुरुङले आसन्न दुई बिच भलिबल प्रतियोगिताको लागि महिला र पुरुषमा प्रारम्भिक टोलीमा समान ६–६ […]

Success

Thank you for your time.