default_image

अन्य

July 21, 2019

सिंगापुरलाई हराउदै नेपाल सातौं

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली महिला हक्की टोलीले सातौं स्थान हात पारेको छ । आइतबार बिहान थाइल्यान्डको चुनवरीमा भएको स्पर्धामा नेपाली महिला हक्की टोलीले सिंगापुरलाई २–१ ले पराजित गर्दै सातौ स्थान हात पारेको हो । महिला टोलीको यो प्रतियोगितामा दोस्रो जित हो । यसअघि महिला टोलीले समूह चरणमा फिलिपिन्समाथि ३–२ […]

July 20, 2019

रेगन सर्वाधिक धनराशिको चामुन्डा अल नेपाल स्नुकर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को च्याम्पियन बनेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा शनिबार भएको फाइनलमा रेगनले राजेन लामालाई ७–४ को फ्रेममा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै रेगनले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको राजेनले ७५ हजार रुपैयामा […]

July 20, 2019

मल्लिक मिस्टर साउथ एसिया, नेपाललाई थप दुई स्वर्ण

काठमाडौं(हाम्रो खेलकुद)- भारतका रविन्द्र कुमार मल्लिक १२औं दक्षिण एसियाली बडिबिलिडिङ एण्ड फिटनेस च्याम्पियनसिपमा ओभरअल च्याम्पियन बनेका छन् । शुक्रवार र शनिवार राजधानीमा भएको च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियर बडि बिल्डिङतर्फ ६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पार्दै भारतका मल्लिक ओभरअल च्याम्पियन बन्न सफल भएको हो । उनी मिस्टर साउथ एसिया घोषित हुदै १५ किलोग्रामको ट्रफी हात पारे […]

July 20, 2019

फिलिपिन्सलाई हराउदै नेपाल नवौं

काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली पुरुष हक्की टोलीले नवौं स्थान हात पारेको छ । शनिबार थाइल्यान्डको चुनवरीमा नवौं र १०औंको लागि भएको प्ले अफमा फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नेपालले नवौं स्थान हात पारेको हो । यससँगै नेपालले च्याम्पियनसिपमा सान्त्वना जित निकाल्न सफल भयो । नेपालको जितमा नवीन क्षेत्रीले २ तथा […]

July 20, 2019

रजत पदक विजेता मण्डेकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एकसाताअघि थाइल्याण्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजतपदकधारी करातेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मण्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंशापत्रले सम्मानित गरेको हो । मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मण्डेले पुरुष एकल कातामा रजत […]

July 20, 2019

एसियन सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]

July 20, 2019

एसियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको नेपालको निराशजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउ शहरमा जारी ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा नेपाली खेलाडीले निराशजनक प्रदर्शन गरेका छन् । नेपालले मिक्स टिम इभेन्टस्मा चीनसँग ५–० ले पराजित भएको हो । नेपाल मिक्स टिम इभेन्टको सबै खेलमा पराजित भएको हो । मिक्स डबल्समा प्रफुल महर्जन र सीमा राजवंशीको जोडी चीनका डि जि झियान र […]

July 20, 2019

पोखरामा १३ औं सागका प्याराग्लाइडिङसहित ७ खेल हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने प्याराग्लाइडिङसहित पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ७ खेल हुने सम्भावना रहेको बताइएको छ । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । त्यसमा नेपालले जितेको त्यो एकमात्र पदक हो । १३ औं साग मंसिर […]

July 19, 2019

रेगन र राजेन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– रेगन श्रेष्ठ र राजेन लामा सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को फाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा रेगन श्रेष्ठले सोम लामालाई तथा राजेनले निर्मान बोगटीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनलमा रेगनले सोम लामालाई ६–१ को फ्रेममा हराउदै उपाधि […]

July 19, 2019

दक्षिण एसियाली शारीरिक सुगठनमा समिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । […]

Success

Thank you for your time.