default_image

अन्य

July 31, 2019

राखेपमा दुलाललाई प्रचार प्रमुखको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार बुधबारदेखि नै लागु हुने गरि दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको राखेपले जनाएको छ । राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै […]

July 30, 2019

शैलुङमा तेक्वान्दो संघलाई जग्गा – हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङ गाँउपालिकामा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ । शैलुङ गाँउपालिकाकाले भोग चलनका लागि ५ रोपनी जग्गा उपलब्ध गराएसँगै तेक्वान्दो संघले अब ट्रेनिङ सेन्टरको गुरुयोजनमा जुट्ने जनाएको छ । बर्षायाम सकेपछि कामलाई तीब्रता दिने उल्लेख गर्दै तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले निर्माण सुरु गरको तीन वर्षमा […]

July 30, 2019

कराते टोलीलाई टिसर्ट

काठमाडौं (हाम्रो खेलकुद)– पुराना कराते खेलाडी रवि महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी रहेको कराते टोलीलाई टि सर्ट प्रदान गरेका छन् । कर्मा कन्सट्रक्सनका तर्फबाट महर्जनले झन्डै ५० हजार बराबरको सहयोग गरेको बताइएको छ । कराते टोलीमा अहिले १ सय ८ खेलाडी १८ प्रशिक्षक सहित १ सय ३० जना रहेका छन् । […]

July 29, 2019

वाङ्दीले कुवेतमा बक्सिङ खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा नेपाले भाग लिने भएको छ । कुवेत बक्सिङ संघको आयोजनामा अगस्ट १ देखि ९ सम्म हुने प्रतियोतिगाको ४९ केजी तौल समूहमा छिरिङ वाङ्दीले प्रतिस्पर्धा गर्नेछन् । उनको प्रशिक्षकका रुपमा आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रामचन्द्र थापा मगर र व्यवस्थापकमा नेपाल […]

July 29, 2019

काठमाडौं जुनियर ब्याडमिन्टन अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजना र प्याब्सन काठमाडौंको सहकार्यमा काठमाडौं छात्र छात्रा ब्याडमिन्टन च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । च्याम्पियनसिपमा छात्र-छात्रा यू १२ र यू १४ , यू १४ मिक्स डबल्स तथा प्रिन्सिपल डबल्स प्रतिस्पर्धा हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं ब्याडमिन्टनका अध्यक्ष दीपक थापाले जानकारी दिए । च्याम्पियनसिप […]

July 28, 2019

सदस्य सचिव सिलवाललाई कुराँशको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै तीन साता अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव नियुक्त भएका रमेशकुमार सिलवाललाई नेपाल कुराँश संघले आइतबार शुभकामना दिदै कार्यकालको सफलताको कामना गरेको छ । त्रिपुरेश्वरस्थित सदस्य–सचिव सिलवालकै कार्यकक्ष पुगेर कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, महासचिव प्रतिक्षा खरेललगायतका पदाधिकारीले बधाई एवंम् शुभकामना पत्र हस्तान्तरण गरेका थिए । संघले शुभकामना पत्रमार्फत […]

July 28, 2019

फुटसल राष्ट्रिय खेलाडीको छनोट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्य तिर अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटसल टोलीका लागि ट्रयाल लिने भएको छ । अक्टोबरमा हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोटका लागि एन्फाले राष्ट्रिय टोली तयारीका लागि खुला ट्रयाल लिन लागेको हो । एन्फाले शनिबार सुचना जारी गर्दै इच्छुक फुटसल खेलाडीलाई छनोटमा भाग लिन अव्हान गरेको छ । यसरी […]

July 28, 2019

रेगनको स्नुकर यात्रा– दर्शक देखि राष्ट्रिय च्याम्पियनसम्म

दिपक न्यौपाने बुटवल – खेलकुदको माध्यमले धेरैको जीवनमा परिवर्तन ल्याएको उदाहरण हाम्रै समाजमा छन् । कुनै बेला लागुपदार्थ सेवनमै समय बिताएका रेगन श्रेष्ठको खेलले जीवनमा ठूलो परिवर्तन ल्याएको छ । जब उनले आफुलाई स्नुकर खेलतर्फ संलग्न गराउँदै त्यसमै निरन्रत लागे त्यसले विस्तार सफलता मिल्दै गयो, जसले उनको मनोबल पनि बढ्दै गयो । जसको नजिता रुपन्देहीबाट […]

July 27, 2019

युएईमा नेपाली जोडीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली ब्याडमिन्टन खेलाडीलाई सफलता मिलेको छ । दोस्रो वाक ए हेड ओपन ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत मिक्स डबल्सको समूह डीमा नेपाली सानिया चन्द र विक्की बुढा मगरको जोडी विजयी बनेका छन् । सानिया र विक्कीको जोडीले फिलिपिन्सका केली पाङ्लालिनान र सेइना राजागोसाको जोडीलाई २–१ ले पराजित गरेको थियो […]

July 27, 2019

अन्तर बैंक फुटसल – कुमारी र मेगा बैंक भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबार भएको पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको पहिलो दिन समूह ‘ए’बाट कुमारी बैक विजेता र ग्लोबल आइएमइ बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् । एनआइसी एसिया बैंक विजेता र मेगा बैंक उपविजेताका रुपमा समूह ‘बी’बाट तथा सिभिल बैंक विजेता र प्रभु बैंक उपविजेताका रुपमा समूह […]

Success

Thank you for your time.