default_image

अन्य

August 4, 2019

हङकङमा नेपालीबीच ब्याडमिन्टन

काठमाडौं (हाम्रो खेलकुद) – हङकङ नेपाली ब्याडमिन्टन संघको आयोजनामा भएको पाँचौं खुला मेन्स डबल्समा हेमराज राई जोडी र राजन काउचा तथा गणेश राई र राजकुमार राईको जोडी विजयी भएको छ । समूह ‘क’को फाइनलमा हेमराज र राजनको जोडीले विरेन थापा र नन्द चाड्सुलाई हराएको थियो । समूह ‘बी’को फाइनलमा गणेश र राजकुमारको जोडीले इन्द्रहाड राई […]

August 4, 2019

१३ औं साग– एनओसी अध्यक्ष श्रेष्ठको संयोजकत्वमा उप समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – चार महिना पछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी, निरिक्षण र अनुगमनका लागि शिक्षा तथा स्वास्थ्य संसदीय समितिले संघिय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा आइतबार पाँच सदस्यीय उप समिति गठन गरेको छ । उपसमितिको सदस्यमा सांसदहरु नवीना लामा, नारायणप्रसाद मरासिनी, नमिताकुमारी चौधरी र गजेन्द्रबहादुर महत रहेका छन् । […]

August 3, 2019

प्रधुम्नलाई पाँचौ संस्करणको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रधुम्न सिम्खडाले गोकर्ण गल्फ क्लबमा जारी सुर्य नेपाल मन्थ्ली मेडल अन्तर्गत पाँचौ संस्करणको उपाधि जितेका छन् । १९ ह्यान्डीक्यापका सिम्खडाले ११ अन्डर ६१ को नेट स्कोर जोड्दै उपाधि जितेका हुन् । दोस्रो स्थानका फिन्त्सो ओङदीले नेट स्कोर ४ अन्डर ६८ तथा तेसोर स्थानका पूर्णबहादुर राईले ३ अन्डर ६९ नेट स्कोर जोडे […]

August 3, 2019

हिमालयनलाई स्कोडा अन्तर बैंक फुटसल उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम स्कोडा अन्तर बैंक फुटसल २०१९ को उपाधि हिमालयन बैंकले जितेको छ । शनिवार काठमाडौंम सम्पन्न फाइनलमा हिमालयनले ग्लोबल आईएमीलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । त्यसअघि समेमिफाइनल खेलमा ग्लोबल आईएमीले मेघालाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै हिमालयनले सिभिललाई ३-२ […]

August 3, 2019

अब खेलाडीको वर्गीकरण हुने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडी आउने दिनमा खेलाडी राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकृत हुनेछन् । संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुद विधेकलाई राष्ट्रिय सभाले बिहीबार पास गरेको छ । मुख्यतः खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले […]

August 3, 2019

म्याच फिक्सिङमा संलग्न भए ६ वर्ष जेल!

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतो (म्याच फिक्सिङ) लाई नेपाली कानुनले पहिलो पटक सम्बोधन गरेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भएमा ६ वर्ष सम्मको जेल सजाय हुने भएको छ । राष्ट्रिय सभाले बिहीबार पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा यस्तो प्रावधान राखिएको छ । विगतमा पूर्व कप्तान सागर थापासहित ५ […]

August 2, 2019

निरन्तर निरीक्षणमा सदस्य–सचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएयता रमेशकुमार सिलवालले खेलकुदका भौतिक पूर्वाधार निर्माणको निरक्षणलाई निरन्तरता दिदै आएका छन् । यसै सिलसिलामा उनले हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको शुक्रबार निरीक्षण गरेका छन् । प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्य–सचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ […]

August 2, 2019

डब्लूटिएफका अध्यक्ष चोए नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोए शुक्रबार साँझ नेपाल आउँदैछन् । उनी तीन दिन नेपाल रहने बताइएको छ । डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टको उद्टानका लागि चोए नेपाल आउन लागेका हुन् । […]

August 2, 2019

अर्याललाई विश्व च्याम्पियनसिपमा लाइन जज् जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– पोल्यान्डमा आयोजना हुने योनेक्स बिडब्लूएफ विश्व सिनियर ब्याडमिन्टन च्याम्पियनसिप काटोविसमा नेपाली लाइन जज् पनि रहने भएका छन् । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्यूएफ) का नेपाली सर्टिफिकेट अन्तर्राष्ट्रिय लाइन जर्ज उदय अर्यालले च्याम्पियनसिपमा लालन जज् गर्ने मौका पाएका छन् । च्याम्पियनसिपका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिडब्लूएफले आफुलाई जनवरी १ बाट […]

July 31, 2019

राखेपमा दुलाललाई प्रचार प्रमुखको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । सदस्य–सचिवस्तरीय निर्णयानुसार बुधबारदेखि नै लागु हुने गरि दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको राखेपले जनाएको छ । राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै […]

Success

Thank you for your time.