default_image

अन्य

August 19, 2019

उपाधि दाबेदार तुर्केमिनिस्तानको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तुर्केमिनिस्तानले ललितपुरमा आजबाट शुरु भएको पाँचौं संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा खेलकुद बिकास केन्द्रमा भएको पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको […]

August 19, 2019

किर्गिस्तानसँग अग्नि परीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आज सुरू हुँदैछ । नेपाली भलिबलको इतिहासमै पहिलो पटक यति ठुलो च्याम्पियनसिप अयोजना हुँदैछ । घरेलु भुमिमा हुने च्याम्पियनसिपलाई यादगर बनाउदै फाइनल पुग्ने लक्ष्य लिएको जनेपालले एक पटकको च्याम्पियन किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल अपरान्ह ४ बजेपछि लगनखेलस्थित नेपाली सेनाको […]

August 18, 2019

ब्वाइज र गल्र्स डबल्र्समा नेपालको चुनौती समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ । गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले […]

August 18, 2019

विष्णुलाई फुटसलको मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले आइतबार विष्णुलाई फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै गौरव बस्नेत सहायक प्रशिक्षक नियुक्त भएका छन् । उनीहरुले ५ भदौबाट शुरु हुने बन्द प्रशिक्षणबाट प्रशिक्षण शुरुवात गर्नेछ । फुटसल कमिटिले […]

August 18, 2019

चीनमा निमेशले जिते तेस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए। निमेशले निर्धारित दूरी ३१ […]

August 18, 2019

मणि विक्रम शाह स्मृति इन्टर स्कुल फुटसल रनिङ शिल्ड हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलमा म्यारोडोनाको नामले परिचित स्वर्गिय मणि विक्रम शाहको स्मृतिमा इन्टर स्कुल फुटसल रनिङ शिल्ड च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक संघ ३ नम्वर प्रदेश कमिटिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ २३ बाट २९ गतेसम्म होम एन्ड अवेको आधारमा आयोजना हुनेछ । सहागी टोलीको […]

August 18, 2019

किर्गिस्तानसँग नेपालको ‘हेड टु हेड’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप आउन अब एक दिन मात्रै बाँकी छ । च्याम्पियनसिपमा सहभागिता जनाउन सबै टोली नेपाल आइसकेका छन् ।अन्तिम टोलीका रुपमा उज्वेकिस्तान आइतबार बिहान नेपाल आइपुगेको छ । समूह ‘ए’ मा रहेको नेपालले सोमबार बलियो टोली किर्गिस्तानसँग […]

August 18, 2019

उज्वेक भलिबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा भाग लिनका लागि उज्वेकिस्तानको भलिबल टोली आइतबार नेपाल आइपुगेको छ । सोमबारबाट सुरु हुने च्याम्पियनसिपका लागि अन्य टोली भने यसअघि नै आइसकेका छन् । नेपालसहित च्याम्पियनसिपमा ७ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्येकै एक टोलीले अफगानिस्तान र नेपालबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो […]

August 17, 2019

भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण

भक्तपुर (हाम्रो खेलकुद) – भक्तपुर मार्सल आर्टस हाप्किडो संघले शनिबार मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखिकरण, पदस्थापन तथा कदरपत्र वितरण गरेको छ । राष्ट्रिय तथा अन्तराष्ेिट्रय स्तरका खेलाडीहरु उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेकों लैगिक हिंसा, दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रस्फुटन गराउन स्थापित भक्तपुर जिल्ला हाप्किडो संघले सदस्यहरुको पदस्थापन, अभिमुखिकरण तथा कदरपत्र वितरण गरेको हो । […]

August 17, 2019

पौडी टोली हंगेरीतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]

Success

Thank you for your time.