November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपलब्धि नजिक रहेको छ । बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गर्दै स्वर्णपदक हात पारे नेपाली महिला भलिबलले नेपाली भलिबललाई ऐतिहासिक उपलब्धि दिलाउने छ । बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर तेस्रो सातादेखि नेपालमा आयोजना हुने १३औं सागको लागि अभ्यास र विशेष प्रशिक्षणका लागि भारतमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले घरेलु टोली भारतसँग हार बेहोरेको छ । बैंग्लोरस्थित साउदर्न साई कभर्ड हलमा बुधबार भएको खेलमा नेपाली राष्ट्रिय टोली भारतको राष्ट्रिय टोलीसँग ३–१ को सेटमा पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मसिंर तेस्रो सातादेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो । आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । वर्कसपको दोस्रो दिन बुधबार […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी भरपर्दा ओपन स्पाइकर सरस्वती चौधरीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ को अवार्ड पाएकी छिन् । चोटका कारण प्रतियोगिताको पहिलो खेलमा विश्राम पाएकी सरस्वती त्यसपछि खेलमा भने कोर्टमा उत्रिएकी थिइन् । अफगानिस्तासँग पूरै बाहिर रहेकी सरस्वतीले किर्गिस्तानसँग तेस्रो सेट खेलिन् । बंगलादेशसँग पहिलो सेटमा खेलेकी सरस्वतीले आज माल्दिभ्सविरुद्ध […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल […]
November 13, 2019
नेपाल विरुद्ध माल्दिभ्स स्थान ल शहिद सुरुवार्दी इन्डोर रंगशाला, मिरपुर, ढाका माथिको लिंक नचलेमा खेल हेर्न यहाँ थिच्नुहोस् लगातार उच्च प्रदर्शन गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपाल च्याम्पियनसिपमा अपराजित रहने दाउमा हुनेछ । नेपालले सुरुवाती सबै तीन खेल (अफगानिस्तान, किर्गिस्तान र बंगलादेश) विरुद्ध एक सेट पनि नगुमाई शतप्रतिशत जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको […]
November 13, 2019
ढाका (हाम्रो खेलुकद) – उपाधिको बलियो दावेदारिता प्रस्तुत गरिरहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (बुधबार) राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो १२ः४५ बजेपछि ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । नेपाल र माल्दिभ्सले नै बिहीबार उपाधिका लागि […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्ने दुवै टोलीको टुंगो लागेक छ । प्रतियोगिताको चौथो दिन मंगलबार नेपालले आयोजक बंगलादेशलाई हराएपछि अपराजित दुई टोली नेपाल र माल्दिभ्स फाइनल प्रवेश गरेका हुन् । नेपालले बंगलादेशमाथि सोझो सेटमा जित हात पार्ने क्रममा प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालले तीनै […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीकी मिडल ब्लकर सुनिता खड्का बंगलादेशविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी छिन् । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा घरेलु टोली बंगलादेशविरुद्ध उच्च प्रदर्शन गरेकी सुनिताले ब्लकबाट महत्वपुर्ण ५ अंक जोडेकी थिइन् । उनले एक थान मोवाइल हात पारिन् । यसै […]