December 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् ।अरुणालाई शनिबार राति टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैयासहित सम्मानित गरेको हो । सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुणाले यो सम्मानले खेलमा झनै लाग्न प्रेरित गर्ने […]
December 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमकी महत्वपुर्ण सदस्य प्रतिभा मालीसँगै प्रभावशाली खेलाडी सरस्वती चौधरीले पनि माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएकी छिन् । सरस्वती माल्दिभ्को महिला भलिबल लिग खेल्न शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् । यसअघि प्रतिभा बिहीबारै माल्दिभ्स प्रसथान गरिसकेकी छन् । सरस्वतीले माल्दिभ्सको लोरेन्जो क्लबबाट एक साता लिग खेल्नेछिन् […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । शुक्रबार बिहान ११ बजेदेखि नै पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराउने तयारी गरेपनि झरीका कारण केहीवेर प्रभावित बनेको थियो । तर, राखेपले झरीकै बीच खेलाडीहरुलाई नगरपरिक्रमा गराएको […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको सोलमा जारी ई-स्पोर्ट्स विश्व च्याम्पियनसिप अन्तर्गत डोटा-२ तर्फ नेपालको यात्रा समाप्त भएको छ । नेपालको प्रतिनिधित्व गर्दै माई-रिभेन्जको टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपालले प्रतियोगितामा ५ खेल खेल्दै ३ जित र २ हार बेहोरेको हो । स्विस लिग पद्दतिमा नेपालले कम्तिमा ४ जित दर्ता गरेको भए प्लेअफ […]
December 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५० औं स्वर्ण पदक जितेक छ । नेपालका सनिल शाहीले बक्सिङमा स्वर्ण जित्दै नेपालको स्वर्णमा अर्धशतक पूरा गरेका हुन् । ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भूपेन्द्र […]
December 9, 2019
काठमााडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६४ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् । यसअघि सेमिफाइनलमा भुपेन्द्रले बंगलादेशका मोहमद अलामिनलाई अंकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका थिए […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संगिता सुनार १३औं दक्षिण एसिायली खेलकुद (साग) अन्तर्गत बक्सिङमा रजत पदकमै सीमित भएकी छिन्। सातदोबाटोस्थित कराते हलमा सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगिता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित हुँदै रजत पदक पाएकी हुन् यसअघि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै संगिता अन्तिम दुईमा पुगेकी थिइन् । […]
December 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् । जारी सागमा नेपालको यो ४६ औं पदक हो । मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो । मिनुले १२ […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सागअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल नौ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन् । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा […]
December 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – माला राई १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया […]